चितवन: भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभा शुक्रबारबाट सुरू भएको छ । नगरसभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० का लागि महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ प्रस्ताव भएको छ । जसमा आन्तरिक आय १ अर्ब ५० करोड ररुपैयाँ रहने छ । त्यसैगरी विकास निर्माणका लागि जनसहभागितामार्फत ३६ करोड रुपैयाँ जुटाइने बजेट वक्तव्यमा उल्लेख छ ।
चालू आर्थिक वर्षमा महानगरको बजेट ५ अर्ब ५१ करोड रुपैयाँ छ । जसमा आन्तरिक आय ९७ करोड रुपैयाँ प्राप्त भएको छ । मेयर रेनु दाहालले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदान १ रुपैयाँबाट बढाएर प्रतिलिटर ३ रुपैयाँ पुर्याउने घोषणा गरिन् ।
कृषि एम्बुलेन्सको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । अबदेखि फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने नकुहिने फोहोर छुट्याएर संकलन गरिने पनि मेयर दाहालले बताइन् । दाहालले एकीकृत सहरी विकास गुरुयोजनासमेत बनाइने बताइन् ।
महानगरमा तत्काल तीनवटा रुटमा विद्युतीय बस चलाउने, भरतपुर देवघाटधामसम्म जेष्ठ नागरिकका लागि विद्युतीय बस चलाउने दाहालले बताइन् । भरतपुरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेसन बनाइने पनि उनले बताइन् । वि.सं. २०८० साललाई ‘भ्रमण वर्ष घोषणा’ गरेर पर्यटन प्रवर्धन गर्ने दाहालले बताइन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…