दूधमा किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिइने

चितवन: भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभा शुक्रबारबाट सुरू भएको छ । नगरसभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० का लागि महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ प्रस्ताव भएको छ । जसमा आन्तरिक आय १ अर्ब ५० करोड ररुपैयाँ रहने छ । त्यसैगरी विकास निर्माणका लागि जनसहभागितामार्फत ३६ करोड रुपैयाँ जुटाइने बजेट वक्तव्यमा उल्लेख छ ।
चालू आर्थिक वर्षमा महानगरको बजेट ५ अर्ब ५१ करोड रुपैयाँ छ । जसमा आन्तरिक आय ९७ करोड रुपैयाँ प्राप्त भएको छ । मेयर रेनु दाहालले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदान १ रुपैयाँबाट बढाएर प्रतिलिटर ३ रुपैयाँ पुर्‍याउने घोषणा गरिन् ।

कृषि एम्बुलेन्सको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । अबदेखि फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने नकुहिने फोहोर छुट्याएर संकलन गरिने पनि मेयर दाहालले बताइन् । दाहालले एकीकृत सहरी विकास गुरुयोजनासमेत बनाइने बताइन् ।

महानगरमा तत्काल तीनवटा रुटमा विद्युतीय बस चलाउने, भरतपुर देवघाटधामसम्म जेष्ठ नागरिकका लागि विद्युतीय बस चलाउने दाहालले बताइन् । भरतपुरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेसन बनाइने पनि उनले बताइन् । वि.सं. २०८० साललाई ‘भ्रमण वर्ष घोषणा’ गरेर पर्यटन प्रवर्धन गर्ने दाहालले बताइन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago