खोटाङ: खोटाङको जन्तेढुङगा गाउँपालिका–५ चिसापानीघर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या भएको छ । हत्याको आरोपमा उनकै नाति झापा गौरादह नगरपालिका–३ धोबिनी चोक बस्ने हरि भन्ने २९ वर्षीय निर बहादुर खड्कालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
खोटाङ बराहपोखरी गाउँपालिका–५ पानिटारस्थित दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र गत वैशाख ३१ गते दिउँसो तुलसाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा उनकै नाति निर बहादुर खड्काले हत्या गरेको खुल्न आएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा निर बहादुरले हजुरआमालाई वैशाख २६ गते इटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको खुल्न आएको छ । उनीमाथि कर्तव्य ज्यान कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…