हर्क साम्पाङद्वारा पदभार ग्रहण, कर प्रणाली व्यवस्थित गर्न कार्यदल गठन

मोरङ – स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित बनाउन राजश्वसम्बन्धी कार्यदल गठन गर्ने सिफारिससहित धरानका नवनिर्वाचित मेयर हर्कराज राई साम्पाङले पदभार ग्रहण गरेका छन्।

मंगलबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मेयर पदको पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर साम्पाङले कर प्रणालीलाई व्यवस्थित बनाउने राजश्वसम्बन्धी कार्यदल गठन गर्दै अघि बढ्ने जनाएका हुन्।

उपमहानगरका वरिष्ठ राजश्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाद्वारा पेश गरिएको राजश्व अध्ययन कार्यदल गठनका लागि टिप्पणीलाई सदर गर्दै मेयर साम्पाङले औपचारिक कार्य सुरु गरेका हुन्।

कार्यदलको सदस्यमा नगरका प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक अर्थशास्त्री, उद्योग वाणिज्य संघ सुनसरीबाट अध्यक्ष वा तोकिएका प्रतिनिधि र राजश्व महाशाखा प्रमुख सदस्य सचिव रहने छन्।

मेयर साम्पाङले औपचारिक रुपमा पदभार ग्रहण गरे पनि मतदाता तथा धरानबासीलाई धन्यवाद दिन नगरपरिक्रममा सरिक भए। नगर परिक्रममाको क्रममा र्‍याली स्थानीय छाता चोक, लक्ष्मी चोक, जिरो प्वाइन्ट, फुस्रे, अमरहाट, हुँदै पुरानो बजार, बाझगरा, भानुचोकबाट क्याम्प गेट हुँदै बुद्ध चोक पुगेको थियो। जहाँ स्थानीयले राजनीतिक दलका झण्डाभन्दा पनि लौरो अंकित झण्डा, राष्ट्रिय झण्डा फहराएका थिए।

मेयर साम्पाङले सोमबार मेयरको सपथ ग्रहण गरेका थिए

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago