हर्क साम्पाङद्वारा पदभार ग्रहण, कर प्रणाली व्यवस्थित गर्न कार्यदल गठन

मोरङ – स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित बनाउन राजश्वसम्बन्धी कार्यदल गठन गर्ने सिफारिससहित धरानका नवनिर्वाचित मेयर हर्कराज राई साम्पाङले पदभार ग्रहण गरेका छन्।

मंगलबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मेयर पदको पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर साम्पाङले कर प्रणालीलाई व्यवस्थित बनाउने राजश्वसम्बन्धी कार्यदल गठन गर्दै अघि बढ्ने जनाएका हुन्।

उपमहानगरका वरिष्ठ राजश्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाद्वारा पेश गरिएको राजश्व अध्ययन कार्यदल गठनका लागि टिप्पणीलाई सदर गर्दै मेयर साम्पाङले औपचारिक कार्य सुरु गरेका हुन्।

कार्यदलको सदस्यमा नगरका प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक अर्थशास्त्री, उद्योग वाणिज्य संघ सुनसरीबाट अध्यक्ष वा तोकिएका प्रतिनिधि र राजश्व महाशाखा प्रमुख सदस्य सचिव रहने छन्।

मेयर साम्पाङले औपचारिक रुपमा पदभार ग्रहण गरे पनि मतदाता तथा धरानबासीलाई धन्यवाद दिन नगरपरिक्रममा सरिक भए। नगर परिक्रममाको क्रममा र्‍याली स्थानीय छाता चोक, लक्ष्मी चोक, जिरो प्वाइन्ट, फुस्रे, अमरहाट, हुँदै पुरानो बजार, बाझगरा, भानुचोकबाट क्याम्प गेट हुँदै बुद्ध चोक पुगेको थियो। जहाँ स्थानीयले राजनीतिक दलका झण्डाभन्दा पनि लौरो अंकित झण्डा, राष्ट्रिय झण्डा फहराएका थिए।

मेयर साम्पाङले सोमबार मेयरको सपथ ग्रहण गरेका थिए

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago