काठमाडौँ: छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई शिक्षकलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ ।
काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका संयोजक जर्नादन अधिकारी र शिक्षक राजनकुमार पौडेल मंगलबार पक्राउ परेका हुन् ।
कक्षा ११ र १२ का छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार बिहानदेखि कलेजका विद्यार्थीहरुले सेन्ट लरेन्स कलेज र प्रहरी वृत्त गौशालामा आन्दोलन गरेका थिए।
विद्यार्थीको आन्दोलनपछि प्रहरी वृत्त गौशालाले उनीहरुलाई पक्राउ गरी अदालतमा पेस गरेको हो । शिक्षक अधिकारीमाथि केही समययता कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
पटक–पटक कलेज व्यवस्थापनलाई घटनाबारे जानकारी गराउँदा पनि सुनुवाई नभएको र भित्रभित्रै मिलाउने प्रयास गरिएपछि विद्यार्थी आन्दोलित भएका हुन् । ती शिक्षकहरुले विद्यार्थीहरुमाथि अनैतिक रुपमा छुने, आफ्नो घरमा बस्ने र यौन सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…