पोखरा: मंगलबार बिहानदेखि रोकिएको पोखरा महानगरको मतगणना करिब ८ घण्टापछि पुनः सुरु भएको छ । पोखरा १८ को मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनुसार खसेको मत भन्दा गन्दा कम भएपछि एमालेले अवरोध गरेको हो ।
यहाँ एमाले उम्मेदवार ३ मतले पराजित भएको छ । तर मत खसेको भन्दा बाकसमा ९ कम भयो । एमालेले उक्त ९ भोट आफ्नो भएको दाबी गर्दै गणनाबाट बीचैमा आफ्ना प्रतिनिधि फिर्ता बोलाएको हो ।
लगातारको प्रयास र छलफलपछि कानुन अनुसार उक्त वडाको मतबारे निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयले अरू बाँकी वडाको गणना सुरु गरेको हो । अहिले एमाले पनि सहभागी भएको छ । एमालेले पुनः मतगणनाको माग गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…