मुल्यवृद्धिविरुद्ध मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन

विराटनगर: इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको चर्को मुल्यवृद्धिको उपभोक्ता तहबाटै विरोध सुरु भएको छ । विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अगाडि उपभोक्ता अधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा मुल्यवृद्धिविरुद्ध ग्यासका खाली सिलिण्डरसहित प्रदर्शन गरिएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्याधिक मुल्यवृद्धि गरेको भन्दै खाली सिलिण्डर र प्लेकार्ड बोकेर उपभोक्तावादीहरू सडकमा उत्रिएका हुन् । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निणर्य गर्दा पनि प्रदेश सरकारले हेरेर मात्रै बसेको आरोप लगाउँदै त्यसैको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्नु परेको बताए । उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष आग्रहसमेत गरे ।

संघ सरकारले निणर्य गरेको भएपनि आम उपभोक्ता र नागरिकहरूलाई असर पर्ने गरी गरिएका हरेक निणर्यविरुद्ध प्रदेश सरकारले आवाज उठाउनुपर्ने उपभोक्ताहरूले बताए । मुल्यवृद्धिविरुद्धको उपभोक्ताहरूको प्रदर्शनमा नागरिक समाजका प्रतिनिधि, विवेकशील साझा पार्टीलगायतका दलका प्रतिनिधिहरूले समेत समर्थन जनाएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago