चितवन: भरतपुर महानगरपालिकामा मेयर सत्ता गठबन्धनका दुवै मेयर र उपमेयर उम्मेदवार विजयी भएका छन् । मेयरमा पुन: नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

दाहालले ५२ हजार ३० र नेपाली कांग्रेसका उपमेयर उम्मेदवार अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन् ।

उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ६ सय १२ मत ल्याएकी छन् । महानगरमा कूल एक लाख २७ हजार ५६६ मत खसेको थियो ।

को हुन् रेनु दाहाल ?
रेनुलाई कतिपयले माणवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीका रूपमा आलोचना गर्छन् । उनी प्रचण्डकी छोरी त हुन् नै । विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेनु माओवादी अध्यक्ष प्रचण्ड र सीता दाहालकी माहिली छोरी हुन् ।

तर, उनी प्रचण्डकी छोरी मात्रै होइनन् । माओवादी राजनीतिमा उनको आफ्नै पहिचान पनि छ । बि.स. २०५१ सालमा उनी पार्टी प्रवेश गरिन् । २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भइन् ।

सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रहेकी दाहाल काठमाण्डूकी जिल्ला सचिव हुँदै पोलिटब्युरो सदस्यको समेत रहिन् । प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष समेत भइन् ।

प्रवेशिकासम्म अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago