सस्तोमा कुन वाणिज्य बैंकमा पाइन्छ कर्जा ?

काठमाडौं: बैंकमा कर्जायोग्य तरलताको अभावसँगै वाणिज्य बैंकहरुको निक्षेपको व्याजदर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव कर्जाको व्याजमा पनि परेको छ। निक्षेपको व्याजदर वृद्धि हुँदा बैंकको “कस्ट अफ फण्ड” वृद्धि हुने र “कस्ट अफ फण्ड” वृद्धिले गर्दा बैंकहरुको बेस रेट (आधार व्याजदर) वृद्धि हुने भएकाले बैंकको कर्जाको व्याजदर पनि वृद्धि हुन्छ । बैंकको बेस रेटको आधारमा बैंकको कर्जाको व्याज निर्धारण हुन्छ। बेस रेटमा निश्चित प्रतिशत प्रिमियम तोकेर कर्जाको व्याज निर्धारण हुने गर्छ । बेस रेट वृद्धि हुँदा कर्जाको व्याज पनि वृद्धि हुन्छ भने बेस रेट घट्दा हुँदा कर्जाको व्याज पनि कम हुने गर्छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार कुनैपनि कर्जा बेस रेट भन्दा कम व्याजदरमा प्रवाह गर्न मिल्दैन।

सम्पूर्ण बैंकहरुले चालु आर्थिक वर्ष ७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन्। २७ वाणिज्य बैंकहरुको औसत बेस रेट २ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्म औसतमा ६.९१ प्रतिशत रहेको बेस रेट चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ९.१० प्रतिशत पुगेको छ। बेस रेट वृद्धि भएसँगै कर्जाको व्याजदर पनि वृद्धि भएको छ ।

२७ वाणिज्य बैंक मध्ये सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकको बेस रेट सबै भन्दा कम छ । बैंकको बेस रेट ७ दशमवल ३१ प्रतिशत छ । दोश्रोमा विदेशी लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकको आधार व्याजदर ७.५५ प्रतिशत रहेको छ। त्यस्तै धेरै बेस रेट हुनेमा सनराईज बैंक र मेगा बैंकको छन्। दुवै कम्पनीको बेस रेट १० प्रतिशत भन्दा माथि छ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago