सस्तोमा कुन वाणिज्य बैंकमा पाइन्छ कर्जा ?

काठमाडौं: बैंकमा कर्जायोग्य तरलताको अभावसँगै वाणिज्य बैंकहरुको निक्षेपको व्याजदर वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव कर्जाको व्याजमा पनि परेको छ। निक्षेपको व्याजदर वृद्धि हुँदा बैंकको “कस्ट अफ फण्ड” वृद्धि हुने र “कस्ट अफ फण्ड” वृद्धिले गर्दा बैंकहरुको बेस रेट (आधार व्याजदर) वृद्धि हुने भएकाले बैंकको कर्जाको व्याजदर पनि वृद्धि हुन्छ । बैंकको बेस रेटको आधारमा बैंकको कर्जाको व्याज निर्धारण हुन्छ। बेस रेटमा निश्चित प्रतिशत प्रिमियम तोकेर कर्जाको व्याज निर्धारण हुने गर्छ । बेस रेट वृद्धि हुँदा कर्जाको व्याज पनि वृद्धि हुन्छ भने बेस रेट घट्दा हुँदा कर्जाको व्याज पनि कम हुने गर्छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार कुनैपनि कर्जा बेस रेट भन्दा कम व्याजदरमा प्रवाह गर्न मिल्दैन।

सम्पूर्ण बैंकहरुले चालु आर्थिक वर्ष ७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन्। २७ वाणिज्य बैंकहरुको औसत बेस रेट २ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्म औसतमा ६.९१ प्रतिशत रहेको बेस रेट चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ९.१० प्रतिशत पुगेको छ। बेस रेट वृद्धि भएसँगै कर्जाको व्याजदर पनि वृद्धि भएको छ ।

२७ वाणिज्य बैंक मध्ये सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकको बेस रेट सबै भन्दा कम छ । बैंकको बेस रेट ७ दशमवल ३१ प्रतिशत छ । दोश्रोमा विदेशी लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकको आधार व्याजदर ७.५५ प्रतिशत रहेको छ। त्यस्तै धेरै बेस रेट हुनेमा सनराईज बैंक र मेगा बैंकको छन्। दुवै कम्पनीको बेस रेट १० प्रतिशत भन्दा माथि छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago