ललितपुरमा एकीकृत समाजवादीले छुट्टै उमेदवार उठाउने

काठमाडौं: ललितपुरमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी तालमेलमा सहभागी नगरेपछि नेकपा (एकीकृत समाजवादी)ले ललितपुर जिल्लामा छुट्टै उमेदवार बनाउने तयारी गरेको छ ।
गठबन्धनको वाग्मती प्रदेशस्तरीय समन्वय संयन्त्रले आफूहरूलाई स्थानीय तहमा भाग नदिएर अपमान गरेकाले छुट्टै उमेदवार बनाउने निर्णय गरिएको एकीकृत समाजवादीका ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले जानकारी दिए ।

“ललितपुरको ६ स्थानीय तहमा एकीकृत समाजवादी पार्टीलाई प्रमुख–उपप्रमुख नै नराखी कांग्रेस र माओवादीबीचमा मात्रै तालमेल गर्ने सहमति गर्नुभएछ । अहिले मात्रै हामीसँग महालक्ष्मी नगरपालिकाका उपप्रमुख, महानगरका निर्वाचित वडा अध्यक्ष, एक संघीय सांसद र एक प्रदेश सांसद अहिले नै हुनुहुन्छ,” उनी भन्छन्, “पहिले एमालेमा रहनुभएकाहरू पनि हामीसँगै हुनुहुन्छ । तर, हामीलाई अपमानजनक ढंगले अघि बढ्नुभएकाले हामीले उमेदवार दिने निर्णय गर्यौं ।”
एकीकृत समाजवादीले ललितपुरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उठाउने निर्णय गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago