काठमाडौँ: नेकपा एमालेले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारी परेका उम्मेदवारहरुको मात्रै चुनाव चिन्ह छपाउने निर्वाचन आयोगको निर्णय गठबन्धनका दलहरुलाई फाइदा पुग्ने आशयबाट प्रेरित भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगलाई एमाले कार्यालय सचिव भीष्म अधिकारीले पत्र लेख्दै निर्वाचन सुरु भइसकेपछि नियम परिवर्तन गर्न नहुने बताएका छन् ।
‘अनलाइनहरुले आयोगका सुत्रका अनुसार भनि प्रकाशित गरेको समाचार यदि साँचो हो भने अन्य पालिकाहरुको भन्दा भिन्न भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरुलाई मात्र फाइदा पुग्ने आशयप्रेरित छ,’ एमालेको पत्रमा भनिएको छ ‘हामी निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्तो कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौं ।’

आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगरपालिका र भक्तपुरका ४ वटा नगरपालिकामा उम्मेदवारी परेको उम्मेदवारको मात्रै चुनाव चिन्ह राखेर मतपत्र छाप्ने तयारीबारे आयोगको निर्णय भएको जानकारी गराएका थिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago