काठमाडौँ: नेकपा एमालेले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारी परेका उम्मेदवारहरुको मात्रै चुनाव चिन्ह छपाउने निर्वाचन आयोगको निर्णय गठबन्धनका दलहरुलाई फाइदा पुग्ने आशयबाट प्रेरित भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगलाई एमाले कार्यालय सचिव भीष्म अधिकारीले पत्र लेख्दै निर्वाचन सुरु भइसकेपछि नियम परिवर्तन गर्न नहुने बताएका छन् ।
‘अनलाइनहरुले आयोगका सुत्रका अनुसार भनि प्रकाशित गरेको समाचार यदि साँचो हो भने अन्य पालिकाहरुको भन्दा भिन्न भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरुलाई मात्र फाइदा पुग्ने आशयप्रेरित छ,’ एमालेको पत्रमा भनिएको छ ‘हामी निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्तो कामहरु निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौं ।’
आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगरपालिका र भक्तपुरका ४ वटा नगरपालिकामा उम्मेदवारी परेको उम्मेदवारको मात्रै चुनाव चिन्ह राखेर मतपत्र छाप्ने तयारीबारे आयोगको निर्णय भएको जानकारी गराएका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…