जोशी अस्पतालबाट १० दिनको उपचार पश्चात डिस्चार्ज

काठमाडौं: एक सय दुई बर्षीय वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी किष्ट शिक्षण अस्पतालमा बैशाख १ गते भर्ना भई १० दिनको उपचार पश्चात आज अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई पिसाब सम्बन्धी संक्रमण, मुटुको चाल सम्बन्धी र श्वास प्रश्वास नलीको फाइव्रो ब्रोङ्किएक्टेसिस सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना भएका थिए । उनको उपचार २ दिन आई.सि.यु केयरमा राखी बाँकी ८ दिन डिलक्स क्याबिनमा राखी उपचार गरिएको थियो ।

उनको उपचारमा प्रा. डा. मिलेश जंग सिजापति तथा प्रा.डा.राम भक्त कोजुको संयुक्त नेतृत्वमा विभिन्न बिधाहरुका चिकित्सकहरु संलग्न रहेको अस्पतालले जनाएको छ । हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको, मुटुको चाल स्थिर रहेको र श्वास प्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजिम डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज पश्चातको फलोअप उपचार वहाँको निवासबाटै गर्न सकिने र आवश्यक परेको खण्डमा निवासमै पनि मेडिकल सपोर्ट उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago