कांग्रेस कार्यकर्ताहरुले नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय

पोखरा: कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला नेतृत्व दबाबमा परेको थियो ।

आन्दोलनमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताहरुले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक स्थलमै थुनिदिएका थिए ।

उक्त दबाबपछि पोखरा महानगको मेयर र उपमेयर बाहेक सबै पदमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको सचिव भानु ढकालले बताए । यसअघि कास्कीका ४ गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गर्ने निर्णय भए पनि मनोनयन गर्न समय २४ घण्टा भन्दा कम बाँकी रहँदा तोडिएको हो ।

अब कुनै पनि वडा र पालिकामा गठबन्धन नहुने कांग्रेसले जनाएको छ । सबैले आफ्नै उम्मेद्वार उठाउन तयारी गरेका छन् । गठबन्धन दलहरुले सोमबार मात्रै मनोनयन दर्ता गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विज्ञप्ति निकालेर स्वस्थ प्रतिष्पर्धा गर्ने र गठबन्धन बाहेक दलहरुसँग तालमेल नगर्ने निर्णय भएको जानकारी दिए।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago