मेचीनगर, लामो छलफलपछि नेकपा एमालेले मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको छ ।
बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी मनोनयनको अघिल्लो राति नगर प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएको हो ।
बुढाथोकी १ नम्वर प्रदेशसभा सदस्य हुन् भने उप्रेती यसअघि मेचीनगर नगरपालिकाको उपप्रमुख रहेकी थिइन् । दुवैले आ–आफ्नो पदबाट राजीनामा दिइसकेका छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…