काठमाडौं: धनगढी उपमहानगरपालिको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले नागरिकले गठबन्धन नगरेको बताएका छन्। शनिबार उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोग पुगेका हमालले सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धन नेताहरूले मात्र गरेको बताए।
उनले पाँच दलीय गठबन्धन देश र नागरिकको हितमा नभएको दाबी गरेका छन् । ‘यो गठबन्धन भनेको देश, समाज, वा भनौँ केही राम्रो काम गर्नका लागि भएको भए हामी पनि स्वागत गथ्र्यौं,’ उम्मेदवारी दर्ता गराउन बाजागाजासहित निर्वाचन आयोग पुगेको उनले भने, ‘तर यो गठबन्धनले बाँडिचुडी खाने कामबाहेक केही गर्नेवाला छैन।
धनगढीबासीले राखेको चाहानको प्रतिविम्ब हमालले आफू भएको बताएका छन्। उनले आफ्नो जित सुनिश्चित भएको पनि दाबी गरे।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…