बगनासकालीमा महिलाको नेतृत्वमा ४७ जना उमेदवारको छनौट

पाल्पा ११, बैशाख ।
नेकपा एमालेले महिला लाई प्रमुख नेतृत्वको पद दिदै नेकपा एमाले बगनासकाली गाउँ कमिटीले सर्वसहमतीमा ४७ जना उमेदवारको छनौट गरेको छ । यही बैशाख ३० गते हुने स्थानीयतह निर्वाचनको लागी बगनासकालीको अध्यक्षमा वर्तमान पालिकाको उपाध्यक्ष सरस्वती चिदीको नेतृत्वमा ४७ जना उमेदवारको नाम सहमतीमा छनौट गरेको हो । आदिवासी जनजाती  र महिला लाई पहिलो प्राथमकिता दिदै नेकपा एमाले बगनासकालीले चिदीको नेतृत्वमा उमेदवार चयन गरेको नेकपा एमाले बगनासकाली गाउँ कमिटीले जनाएको छ । २०७४ सालको स्थानीयतहको निर्वाचनमा निर्वाचित भएपछी उपाध्यक्ष चिदी महिलाका समस्या तथा जटिलताको बारेमा घर घर टोल टोलमा पुगेर समाधानको लागी जुटेकोले पाटीले क्रियासिल, क्षमताको  आधारमा गाउँ कमिटीको सर्व सहमतीमा चिदी लाई अध्यक्षको उमेदवार बनाएको नेकपा एमालेका पुर्व अध्यक्ष देवी प्रसाद बस्यालले बताए ।

यसैगरी उपाध्यक्षमा बगनासकाली गाउँ कमिटीका अध्यक्ष हरी प्रसाद पाठक लाई उमेदवार चयन गरेको छ । पाठक २०५४ सालको स्थानीय निकाय निर्वाचनमा खानीगाउ विकास समितीको अध्यक्षमा निर्वाचित भई काम गरेका अनुभवी व्यक्ति भएको एमाले पुर्व अध्यक्ष बस्यालले बताए ।

वडा नं. १ को वडा अध्यक्षमा सोम बहादुर झेदी , वडा नं. २ तिर्थ प्रसाद भट्टराई वडा नं. ३ मा टिका बहादुर थापा, वडा नं. ४ वडा अध्यक्ष जित बहादुर कनौजे, वडा नं. ५ को वडा अध्यक्षमा ओमप्रकाश गैरे, वडा नं. ६ जयराम बस्याल, वडा नं. ७ गण बहादुर बुढाथोकी, वडा नं. ८ को वडाअध्यक्षमा मोतिलाल बस्याल, वडा नं. ९ को वडा अध्यक्षमा रण प्रताप खाण उम्मेदवारमा सिफारिस गरेको छ ।

यता सत्तारुढ ५ दलिय गठवन्धनले बगनासकाली गाउँपालिकामा अध्यक्षमा नेपाली काग्रेस र उपाध्यक्षमा नेकपा एकिकृत समाजवादी लाई उमेदवार बनाउने निर्यण गरेको छ । उमेदवारको नाम छनौटको तयारीमा गठवन्धन जुटेको छ । गठबन्धनको तर्फ बाट  बर्तमान अध्यक्ष कृष्ण प्रसाद बस्यााले पुन उमेदवारी नदिने घोषणा गरेपछी अध्यक्ष पदमा सुनिता अधिकारी, लक्ष्मी अधिकारी र थानेश्वर तिमिल्सीनाको चर्चा रहेको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago