बगनासकालीमा महिलाको नेतृत्वमा ४७ जना उमेदवारको छनौट

पाल्पा ११, बैशाख ।
नेकपा एमालेले महिला लाई प्रमुख नेतृत्वको पद दिदै नेकपा एमाले बगनासकाली गाउँ कमिटीले सर्वसहमतीमा ४७ जना उमेदवारको छनौट गरेको छ । यही बैशाख ३० गते हुने स्थानीयतह निर्वाचनको लागी बगनासकालीको अध्यक्षमा वर्तमान पालिकाको उपाध्यक्ष सरस्वती चिदीको नेतृत्वमा ४७ जना उमेदवारको नाम सहमतीमा छनौट गरेको हो । आदिवासी जनजाती  र महिला लाई पहिलो प्राथमकिता दिदै नेकपा एमाले बगनासकालीले चिदीको नेतृत्वमा उमेदवार चयन गरेको नेकपा एमाले बगनासकाली गाउँ कमिटीले जनाएको छ । २०७४ सालको स्थानीयतहको निर्वाचनमा निर्वाचित भएपछी उपाध्यक्ष चिदी महिलाका समस्या तथा जटिलताको बारेमा घर घर टोल टोलमा पुगेर समाधानको लागी जुटेकोले पाटीले क्रियासिल, क्षमताको  आधारमा गाउँ कमिटीको सर्व सहमतीमा चिदी लाई अध्यक्षको उमेदवार बनाएको नेकपा एमालेका पुर्व अध्यक्ष देवी प्रसाद बस्यालले बताए ।

यसैगरी उपाध्यक्षमा बगनासकाली गाउँ कमिटीका अध्यक्ष हरी प्रसाद पाठक लाई उमेदवार चयन गरेको छ । पाठक २०५४ सालको स्थानीय निकाय निर्वाचनमा खानीगाउ विकास समितीको अध्यक्षमा निर्वाचित भई काम गरेका अनुभवी व्यक्ति भएको एमाले पुर्व अध्यक्ष बस्यालले बताए ।

वडा नं. १ को वडा अध्यक्षमा सोम बहादुर झेदी , वडा नं. २ तिर्थ प्रसाद भट्टराई वडा नं. ३ मा टिका बहादुर थापा, वडा नं. ४ वडा अध्यक्ष जित बहादुर कनौजे, वडा नं. ५ को वडा अध्यक्षमा ओमप्रकाश गैरे, वडा नं. ६ जयराम बस्याल, वडा नं. ७ गण बहादुर बुढाथोकी, वडा नं. ८ को वडाअध्यक्षमा मोतिलाल बस्याल, वडा नं. ९ को वडा अध्यक्षमा रण प्रताप खाण उम्मेदवारमा सिफारिस गरेको छ ।

यता सत्तारुढ ५ दलिय गठवन्धनले बगनासकाली गाउँपालिकामा अध्यक्षमा नेपाली काग्रेस र उपाध्यक्षमा नेकपा एकिकृत समाजवादी लाई उमेदवार बनाउने निर्यण गरेको छ । उमेदवारको नाम छनौटको तयारीमा गठवन्धन जुटेको छ । गठबन्धनको तर्फ बाट  बर्तमान अध्यक्ष कृष्ण प्रसाद बस्यााले पुन उमेदवारी नदिने घोषणा गरेपछी अध्यक्ष पदमा सुनिता अधिकारी, लक्ष्मी अधिकारी र थानेश्वर तिमिल्सीनाको चर्चा रहेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago