नेपाल थाइल्यान्डसँग २-० ले पराजित

काठमाडौँ थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बिहीबार नेपाल २–० ले पराजित भएको छ । पूर्णत: रक्षात्मक भएर खेलमा उत्रिएको नेपाल थाइल्यान्डसँग २-० ले पराजित भएको हो ।

फाइल फोटो

नेपालका गोलरक्षक किरण लिम्बूले पनि शृंखलाबद्ध बचाउ गरेता पनि दोस्रो हाफको अन्तिम १२ मिनेटमा नेपालले दुई गोल खाएको थियो । थाइल्यान्डको चोनबरीमा भएको खेलमा ७८ औं मिनेटमा फिलिप रोलरले पहिलो गोल गरे । जर्मनीमा जन्मेर थाइल्यान्डका लागि खेल्ने रोजेका रोलरले नेपाली रक्षापंक्तिले तेर्साएको कडा चुनौतीलाई पार गर्दै गोल गरेका हुन् । चोटवाट वीरचार्टले ८९ औं मिनेटमा दोस्रो गोल थपे ।

आसियान फुटबलको सर्वाधिक सफल थाइल्यान्ड एएफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन पनि हो । रक्षात्मक खेल्ने क्रममा बल अधिकांश समय नेपालकै आधा भागमा रहेको थियो र टिमले कुनै गतिलो आक्रमण बुन्न सकेन । नेपाल र थाइल्यान्डबीचको यो तेस्रो खेल हो । नेपाल अहिलेसम्मका तीनै खेलमा पराजित रहेको छ । थाइल्यान्ड बसाइका क्रममा अब नेपालले आइतबार चोनबरी एफसीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

 

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago