नेपाल थाइल्यान्डसँग २-० ले पराजित

२०७८, १० चैत्र बिहीबार २०:१३

काठमाडौँ थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बिहीबार नेपाल २–० ले पराजित भएको छ । पूर्णत: रक्षात्मक भएर खेलमा उत्रिएको नेपाल थाइल्यान्डसँग २-० ले पराजित भएको हो ।

फाइल फोटो

नेपालका गोलरक्षक किरण लिम्बूले पनि शृंखलाबद्ध बचाउ गरेता पनि दोस्रो हाफको अन्तिम १२ मिनेटमा नेपालले दुई गोल खाएको थियो । थाइल्यान्डको चोनबरीमा भएको खेलमा ७८ औं मिनेटमा फिलिप रोलरले पहिलो गोल गरे । जर्मनीमा जन्मेर थाइल्यान्डका लागि खेल्ने रोजेका रोलरले नेपाली रक्षापंक्तिले तेर्साएको कडा चुनौतीलाई पार गर्दै गोल गरेका हुन् । चोटवाट वीरचार्टले ८९ औं मिनेटमा दोस्रो गोल थपे ।

आसियान फुटबलको सर्वाधिक सफल थाइल्यान्ड एएफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन पनि हो । रक्षात्मक खेल्ने क्रममा बल अधिकांश समय नेपालकै आधा भागमा रहेको थियो र टिमले कुनै गतिलो आक्रमण बुन्न सकेन । नेपाल र थाइल्यान्डबीचको यो तेस्रो खेल हो । नेपाल अहिलेसम्मका तीनै खेलमा पराजित रहेको छ । थाइल्यान्ड बसाइका क्रममा अब नेपालले आइतबार चोनबरी एफसीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु