गण्डकी र केन्द्रबीच ११ क्षेत्रमा सम्झौता

पोखरा । गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्र नेपालबीच ११ क्षेत्रमा आपसी सहयोग आदान–प्रदान गर्ने गरी सम्झौता भएको छ । विभिन्न ११ क्षेत्रमा अनुसन्धान काम गर्ने गरी विश्वविद्यालय र आविष्कार केन्द्रबीच सम्झौता भएको हो ।

फाइल फोटो

सम्झौताअनुसार कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र अन्य नयाँ क्षेत्रमा समेत अनुसन्धान हुनेछ । सम्झौताले विश्वविद्यालयलाई शिक्षण एवं अनुसन्धान केन्द्रका रूपमा विकास गर्न र व्यावहारिक विज्ञान तथा प्रविधिको क्षेत्रमा देशको आवश्यकता अनुसार अनुसन्धान गरी देश विकासमा टेवा पु¥याउने लक्ष्य राखेको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले बताउनुभएको छ । त्यस्तै, विश्वविद्यालयले स्थापना गर्ने अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रलाई आर्थिक, प्राविधिक, प्राज्ञिक र अन्य सहयोग राष्ट्रिय आविष्कार केन्द्रलाई गर्ने उहाँको कथन छ । सम्झौताले गण्डकी विश्वविद्यालयको अनुसन्धानको क्षेत्रमा ठूलो भूमिका खेल्ने विश्वास गुरुङको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले गण्डकी विश्वविद्यालयसँग जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले नयाँ कोर्ष स्थापना गरेकाले यसको यात्रा निकै लामो रहेको बताउनुभएको थियो । ‘हामी विद्यार्थी भएको समयमा इन्जिनियरिङ र मेडिकल कलेज थिएनन्’, पुन भननुहुन्छ– ‘अहिले कलेज खोल्ने फेसन नै भएको छ ।’ निजी क्षेत्रमा धेरै कलेज खुल्ने गरे पनि त्यहाँबाट दीक्षित भएका विद्यार्थी भने कामविहीन भएको उहाँको टिप्पणी छ ।

राज्यले अनुसन्धानको क्षेत्रमा बजेट छुट्याउन नसक्नु लज्जाको विषय भएको पुन सुनाउनुहुन्छ । राज्यले पुँजीगत विकास खर्चको १ प्रतिशत मात्रै भए पनि अनुसन्धान तथा आविष्कारको क्षेत्रमा लगानी गर्नुपर्नेमा उहाँको जोड थियो ।

त्यस्तै, गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान–प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रदेशले आफ्नै प्रदेशभित्र विद्यार्थीलाई वैज्ञानिक, पाइलट, इन्जिनियर, डाक्टर तथा विज्ञ बनाउने लक्ष्यका साथ विद्यालयस्तरमा स्ट्यान्ड ल्याब बनाउने तयारी गरिरहेको बताउनुभयो । गण्डकी प्रदेशमा अहिलेको सरकार आउँदा बजेट नरहेको र पुरानै सरकारको कार्यक्रमलाई निरन्तरता दिने काम मात्र भएको सुनाउँदै उहाँले आगामी नयाँ बजेटमा विज्ञान तथा प्रविधिको क्षेत्रमा समेत ठूलो भूमिका खेल्ने बताउनुभयो । गण्डकी विश्वविद्यालयले कोदोलाई ब्रान्डका रूपमा समेत विकास गर्ने गरी अनुसन्धान अघि सारेको छ ।

त्यसै गरी, पोखरा विश्वविद्यालयका रजिस्टार कैलाश तिमिल्सिनाले विश्वविद्यालयले कोष पढाउने भवन नबनाउँदै आविष्कार गर्ने भवन बनाउनुले गण्डकी प्रदेशले अब अनुसन्धानलाई महत्व दिएको जनाउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago