कृषि कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारबाही

काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन्
नेपाल कृषि मेशिनरी व्यवसायी संघले बुधवारदेखि चितवनमा शुरु गरेको राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी २०७८ को कृषि कर्जा मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले राज्यले कृषकलाई दिएको सुविधाको दुरुपयोग रोक्न राष्ट्र बैंकले काम गरिरहेको बताए । ‘कृषिका नाममा कर्जा लिएर दुरुपयोग गर्नेलाई सच्याउने छाँै र कारवाहीको दायरामा ल्याउने छौँ’ गभर्नर अधिकारीले भने ।

राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै उनले विसं २०८० सम्म हरेक बैंकले आफ्नो लगानीको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति रहेकाले सोको पालना गर्नैपर्ने बताए । उनले सरकार र बैंकिङ क्षेत्रले गरेको लगानीबाट सोचेजस्तो परिणाम नआएको बताए ।

अहिले पनि नेपालमा कृषिजन्य वस्तु आयात उच्च रहेको भन्दै बताउदै उनले भने, ‘अब हामी कृषि क्षेत्रमा आत्मनिर्भर बन्नुपर्छ ।’ कृषि क्षेत्रको लगानीमा कैयौँ ठाउंमा चेन ब्रेक भएकोले सही ढङ्गले कृषि क्षेत्र अघि बढ्न नसकेको गभर्नर अधिकारीको भनाई थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago