काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन्
नेपाल कृषि मेशिनरी व्यवसायी संघले बुधवारदेखि चितवनमा शुरु गरेको राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी २०७८ को कृषि कर्जा मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले राज्यले कृषकलाई दिएको सुविधाको दुरुपयोग रोक्न राष्ट्र बैंकले काम गरिरहेको बताए । ‘कृषिका नाममा कर्जा लिएर दुरुपयोग गर्नेलाई सच्याउने छाँै र कारवाहीको दायरामा ल्याउने छौँ’ गभर्नर अधिकारीले भने ।
राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै उनले विसं २०८० सम्म हरेक बैंकले आफ्नो लगानीको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति रहेकाले सोको पालना गर्नैपर्ने बताए । उनले सरकार र बैंकिङ क्षेत्रले गरेको लगानीबाट सोचेजस्तो परिणाम नआएको बताए ।
अहिले पनि नेपालमा कृषिजन्य वस्तु आयात उच्च रहेको भन्दै बताउदै उनले भने, ‘अब हामी कृषि क्षेत्रमा आत्मनिर्भर बन्नुपर्छ ।’ कृषि क्षेत्रको लगानीमा कैयौँ ठाउंमा चेन ब्रेक भएकोले सही ढङ्गले कृषि क्षेत्र अघि बढ्न नसकेको गभर्नर अधिकारीको भनाई थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…