कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का हुनुपर्छ

धनुषा: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित धनुषा जिल्लाको पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्न बुधबार आयोजित कार्यक्रममा नेता निधिले निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्यरूपमा लिन आग्रह गरे ।

नेता निधिले नेता कार्यकर्तालाई कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्दै उनले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको टिकटका लागि आफू कहाँ नआइ वडामा जान नेता कार्यकर्तासँग आग्रह गरे ।

निधिले पहिला जस्तो परिस्थिति अब नरहेकाले टिकटका लागि आआफ्नो वडामा जान नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, “नेता कहाँ गएर हारगुहार गर्नुभन्दा विधानको पालना गर्दै आआफ्नो वडामा गएर आफूले गरेको कार्यको मूल्याङ्कन र निर्वाचन जित्नसक्ने क्षमताका आधारमा टिकट माग्नुस् ।”

धनुषाका नवनिर्वाचित पार्टी सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीलगायतले पार्टीको सम्पन्न महाधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाइ एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago