बेलायती सेनामा र सिंगापुर प्रहरीमा नेपाली छानिए

काठमाडौँ: बेलायती सेनामा २ सय १८ र सिंगापुर प्रहरीमा १ सय ४० गरी ३ सय ५८ नेपाली भर्ती भएका छन् । बेलायती सेना मुख्यालयले ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा ‘इन्टेक–२०२२’ अन्तर्गत उनीहरूलाई छनोट गरेको हो । क्षेत्रीय छनोट प्रतिस्पर्धामा ७४ जिल्लाका ८ हजार युवा सहभागी थिए ।

मुख्यालयले यो वर्ष ब्रिगेड अफ गोर्खाज बेलायतमा २ सय ३० जना र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसमा १ सय ४० जना छनोट गर्ने जनाएको थियो । अन्तिम प्रतिस्पर्धामा ब्रिटिस आर्मीतर्फ संख्या कटौती गरिएको छ । छानिएका सिपाहीलाई बुधबार पोखरास्थित ब्रिटिस क्याम्पमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा ब्रिगेड अफ गोर्खाजका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले कसम परेड गराएका छन् ।
यो पटक १९ देखि २१ वर्षसम्म उमेरकालाई मात्र अनलाइनबाट फाराम भराइएको थियो । यसअघि उमेर १८ वर्षभन्दा माथिकाले अवसर पाउँथे । यसअघि सामान्य अवस्थामा ब्रिटिस गोर्खा भर्तीका निम्ति पूर्वको धरान र पश्चिमको पोखरामा क्षेत्रीय छनोट गरिन्थ्यो । अन्तिम छनोट मात्र पोखरामा हुन्थ्यो । कोरोना महामारीका कारण गत वर्षदेखि क्षेत्रीय र अन्तिम छनोट पोखरामा हुँदै आएको छ । सन् १८१५ देखि ब्रिटिस आर्मीमा नेपाली युवा भर्ती गर्न थालिएको हो । यसअघि ‘इन्टेक–२०२०’ मा ब्रिटिस आर्मीमा ४ सय ३२ र सिंगापुरमा २ सय २० युवा भर्ती लिइएको थियो । कोरोना महामारीका कारण ‘इन्टेक–२०२१’ मा अघिल्लो वर्ष अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र भिड्ने अवसर दिइएको थियो । जसमा ब्रिटिसमा ३ सय ४० र सिंगापुरमा १ सय ३४ जना भर्ती भएका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago