तुलसीपुर उपमहानगरको कार्यक्रम ‘स्मार्ट छोरी’प्रभावकारी बन्दै

कल्पना श्रेष्ठ, दाङ: तुलसीपुर उपमहानगरले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम ‘स्मार्ट छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ २०७७ साउन १ गतेदेखि यो कार्यक्रम लागू भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी’ कार्यविधि बनाएर यो कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम सुरु भएदेखि हालसम्म झण्डै चार सय स्मार्ट छोरीको नाममा बैक खाता सञ्चालन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले उनीहरूको बैक खातामा गत आर्थिक वर्षमा मासिक एक सयका दरले वार्षिक एक हजार दुई सय जम्मा गरेको छ भने चालु वर्षमा दोब्बरले वृद्धि गरी वार्षिक दुई हजार २ सयका दरले जम्मा गर्दै आएको महिला बालबालिका तथा सामाजिक विकास शाखाका राधिका भट्टराईले जानकारी दिइन् ।

बिहे वारी २० वर्ष पारी भन्ने मूल नाराका साथ सञ्चालन भएको यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष र चालु वर्षको फागुन पहिलो सातासम्म ३८१ जना छोरीको बैक खाता सञ्चालन भएको बताइन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago