गिरिराजमणिको प्रश्न : एमसिसी अनुदान मात्रै हो भने पास गर्न किन धम्की ?

काठमाडौं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग परियोजना (एमसिसी) यथास्थितिमा पास नहुनेमा आफूहरू लागेको बताएका छन्

फाइल फोटो
बिहीबारको संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले भने, ‘पहिलो कुरा त हामी यथास्थितिमा एमसिसी पास हुन हुँदैन भन्नेमा लागेका छौं ।’उनले आफूहरू अमेरिकाको विरोधी नभएको भन्दै विकास पनि चाहिएको टिप्पणी गरे । ‘हामी अमेरिका विरोधी पनि होइनौं । हामीलाई विकास पनि चाहिएको छ । हामीलाई वास्तवमा साँच्चै अनुदान नै हो भने पनि चाहिएको छ । तर, अनुदानको नाममा, विकासको नाममा जे कुरा पृष्ठभागमा आएको छ । त्यो बुझिदिनुपर्‍याे’, उनले भने । 
उनले यदि एमसिसी अनुदान मात्रै हो भने किन नेताहरूलाई धम्की दिँदै हिँडेको भन्दै प्रश्न गरेका छन । यस सम्बन्धमा उनले भने, ‘यदि अनुदान नै हो भने किन पास गर्नुपर्‍याे भने धम्की दिँदै हिँडेको हाम्रा नेताहरूलाई ? लोभ, लालच धम्की सबै कुराहरू आइरहेका छन् । त्यसकारण राष्ट्रका लागि हामी खडा हुनुपर्छ । यथास्थितिमा यसलाई पास गर्न सकिँदैन । संसदलाई रबरस्ट्याम्प बनाउन खोजिँदैछ ।’

उनले अघि भने, ‘कुनै कुरा संशोधन गर्न नपाउने । पास गर्न त किन संशोधन ल्याउनपर्‍याे ? हाम्रो सार्वभौमिकतालाई चुनौती दिएको स्थिति छ । एकपटक हामी फेरि राष्ट्रका राजनीतिक पार्टीहरू सबै मिलेर यी कुराहरु करेक्सन गर्नुपर्छ भन्नुपर्छ । संसद एउटा राजनीतिक थलो हो । नयाँ ढंगले नयाँ ध्रुवीकरण पनि यसले सिर्जना गर्नसक्छ । एमसिसीमार्फत् नयाँ खालको परिस्थिति आएको छ ।’

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago