फाइल फोटो
जनता समाजवादी पार्टी नेपालमा आफ्नो बहुमत सिद्ध गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हस्ताक्षर अभियान जारी राखेका छन् । पार्टीमा देखिएको समस्याबारे छलफलका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका छन् तर भट्टराईले अझै हस्ताक्षर अभियानलाई निरन्तरता दिइरहेका छन् ।
भट्टराईले सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति उपेन्द्र यादव पक्षका नेताहरुले आपत्ति जनाएका छन् । भट्टराई पक्षका कार्यकारिणी सदस्य प्रशान्त सिंह भन्छन्, ‘हामीले दुईटा कारणले यो हस्ताक्षर अभियान चलाएका हौं, पहिलो, अध्यक्ष उपेन्द्र यादवमाथि पार्टीको बैठक बोलाउन प्रेसर बनाउन र दोस्रो, हामीले जुन मुद्दा उठाएका छौं, त्यो मुद्दाप्रति पार्टीभित्र कस्तो मत छ त्यो जान्नका लागि ।’
हस्ताक्षर संकलनले पार्टीमा विभिन्न शंका उब्जाएको उनको भनाइ छ । ‘बाहिर बाहिर जे आशंकाहरु भइरहेका थिए, त्यसको पुष्टि भएको छ र, यसले विभाजनतर्फ लगिरहेको छ,’ उनले भने । विगतमा पनि यस्तै हस्ताक्षर भएको जिकिर गर्दै उनले त्यही हस्ताक्षरका कारण पार्टी विभाजन भएको स्मरण गराए । उनले भने, ‘बाबुरामजीहरुले आफ्नो शक्ति परीक्षण गर्न हस्ताक्षर संकलन गरिरहनु भएको छ, बहुमत पुग्यो भने उहाँहरुले त्यो हस्ताक्षरलाई दुरुपयोग गर्नुहुन्छ ।’
बाबुराम पक्षले संसदीय दल, कार्यकारिणी समिति तथा केन्द्रीय समितिमा आफूहरुको बहुमत रहेको दाबी गर्दै आएको छ । बाबुराम पक्षका एक नेताले भने, ‘पार्टी एक रहने कि नरहने कुरा भोलि बस्ने कार्यकारिणी समितिको बैठकबाट टुङ्गो लाग्छ ।’ आवश्यक परेमा कार्यकारिणी समितिमा पनि हस्ताक्षर पेस गर्न सकिने बताउँदै ती नेताले आफूहरुले चाँडै नै केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…