एमाले फकाउने रणनीतिमा देउवा, अनि स्थगन भयो संसद् बैठक

काठमाडौं । यही फागुन ८ गते बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बस्यो । बैठकमा नेताहरूका फरक मतबीच अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतालाई संसद्मा टेबल गर्ने निर्णय भयो ।

फाइल फोटो

सोही दिन बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि एमसीसीलाई प्रतिनिधिसभाको कार्यसूचीमा राख्ने निर्णय ग¥यो । तर, नेकपा (माओवादी केन्द्र)का सांसद्हरूले फरक मत राखे । दिउँसो १ बजेपछि बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भयो । एमसीसी टेबल हुनेबित्तिकै फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरियो ।

आजको बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु गराउने सरकारको तयारी थियो । प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने निर्णय भयो र संसद्को कार्यसूची बन्यो । तर, अन्तिम समयमा बैठक स्थगित गरियो । प्रतिनिधिसभाको अर्को बैठक भोलिका लागि बोलाइएको छ ।

अन्तिम समयमा आएर बैठक किन स्थगन भयो त ? कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्ण आफूहरू पनि अचम्म परेको बताउँछन् । समितिको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सहमति जुटेको उनको भनाइ छ । सहमतिअनुसार छलफलका लागि एकजना सांसदलाई पाँच मिनेटको समय दिने तय भएको थियो ।

“कार्यव्यवस्था परामर्शको बैठकमा आजबाट सामान्य सैद्धान्तिक छलफल सुरु गर्ने, बोल्न चाहने सांसदलाई पाँच मिनेटको समय दिने भन्ने कुरा भएको थियो । त्यसपछि सरकारसँग के कुरा भयो थाहा भएन,” उनले बाह्रखरीसित भने ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तासाझेदार दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतकले संसद् अवरोध हटाएपछि मात्रै छलफल गर्दा उचित हुने धारणा राखेको पनि उनले बताए ।“समितिको बैठकमा सहमति जुटेको हो । तर, किन बैठक स्थगित भयो थाहा भएन,” उनले भने ।

एमाले मिलाउन संसद् स्थगन 
बिहीबार बिहानै गठबन्धनमा आवद्ध तर एमसीसीको विपक्षमा रहेका दलहरु नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा(एकिकृत समाजवादी)पार्टीका अध्यक्ष माधव कुमरा नेपालसँग सिंहदरवारमा छलफल गरेका थिए ।

बैठकमा माओवादीका तर्फबााट देव गुरुङ, नारायणकाजी तथा नेकपा(एस) का तर्फबाट झलनाथ खनाल लगायतका नेताहरू पनि सहभागि भएका थिए । छलफलमा सहभागि माओवादी नेता देव गुरुङ्का अनुसार उक्त छलफलमा एमसीसीको पक्षमा उभिन नसक्ने नेताहरूबीच कुराकानी भएको थियो ।

बैठकलगत्तै प्रधानमन्त्री देउवा भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रचण्डले एमसीसी परियोजनाको पक्षमा उभिन नसक्ने बताएका थिए । लगत्तै देउवाले कि त एमसीसी पास गर्न सहयोग गर्नुहोस् नभए सत्ता छाड्नुहोस् भनेका थिए । जवाफमा प्रचण्डले सरकार नछाड्ने बरु सके निकाल्नुहोस् भनेका थिए । देउवाले पनि एमसीसी पास गरेर छाड्छु भनेको स्रोतको दाबी छ ।

“यो आज बिहान मात्र भनेको होइन । अघिल्लो भेटमा पनि प्रधानमन्त्रीज्यूले यसरीनै आफ्नो कुरा राख्नुभएको हो ।तर, उनीहरुलाई सत्ता पनि चाहिएको छ , सरकारलाई पनि सहयोग नगर्ने भन्छन् । यस्तो मिल्दैन,” स्रोतले भन्यो ।कार्यव्यवस्था परामर्शको बैठकले समेत कार्यसूची तयार पारेपछि किन बैठक रोक्नुपरेको त भन्ने बाह्रखरीको प्रश्नमा ती सांसदले एमसीसी परियोजना अनुमोदन गराउने तयारीस्वरु बैठक स्थगन भएको बताए ।

“एउटा बैठक स्थगन गर्दैमा गठबन्धनको बोज विसाउनुपर्छ भने किन नगर्ने ? यीनीहरूको भारी हामीले किन बोक्नु सधै,” ती सांसदले भने ।बैठक स्थगन गरेर देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँग संवाद सुरु गरेका छन् । देउवाको दाउँ गठबन्धले साथ नदिपछि एमालेलाई फकाएर भए पनि एमसीसी अनुमोदन गर्नेछ ।तर, एमाले सांसद योगेश भट्टराई भने प्रधानमन्त्रीले आफूहरुलाई ‘व्लाङ चेक’ देखाएको तर आफूहरु त्यसमा सहमत नहुने बताउँछन् ।

यता, सत्ताघटक माओवादी केन्द्रले पनि एमसीसीमा सरकार अल्पमतमा परेपछि समर्थन खोज्न बैठक स्थगन गरेको निष्कर्श निकालेको छ ।“एमसीसीमा सैद्धान्तिक छलफलमै स्पष्ट अल्पमतमा कांग्रेस अल्पमतमा पर्ने भएपछि प्रतिपक्ष दलसँग समर्थन माग्दै सर्त पुरा गर्न समय आवश्यक परेकाले बैठक स्थगन गर्नुपरेको हो,” माओवादीको बुझाइ छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago