प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसद भवनमै वार्ता

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

संसद बैठक स्थगित भएपछि नयाँ बानेश्वरस्थित संसद भवनमै देउवा र ओलीबीच छलफल सुरु भएको हो ।

एमसीसीलाई संसदमा छलफलमा लैजान कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले संसद बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।

एमसीसीमा सहमति जुटाउन आजको बैठक सारेका प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको साथ लिन ओलीसँग वार्ता थालेका हुन् ।

एमसीसीमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने जनाएपछि पारित गराउन प्रधानमन्त्रीले प्रतिपक्षी एमालेको साथ खोजेका हुन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago