युक्रेनको सीमाभित्र रुसी सैनिक प्रवेश, युक्रेन रक्षात्मक रुपमा उभिने

काठमाडौँ: युक्रेनको डोनबास क्षेत्रमा विशेष सैन्य कारबाहीको घोषणा गरेको केही घण्टापछि युक्रेनको सीमाभित्र रुसी सैनिक प्रवेश गरेका छन् ।

रुसी सैनिकहरू युक्रेनको खारकिभ क्षेत्रतर्फ अघि बढेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।
युक्रेनका विदेशमन्त्रीले रुसले युक्रेनमा हमला गर्न सुरु गरिसकेको दाबी गर्दै यसमा युक्रेन रक्षात्मक रुपमा उभिने बताए ।

युक्रेनको राजधानी किभमा केहि समयअघि विस्फोटको आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ । किभमा विस्फोटको आवाज सुनिएपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शान्ति स्थापनाका लागि आह्वान गरेको छ ।

यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनमा हमला गर्ने कुनै योजना नभएको बताउँदै आएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago