चिनियाँ वैज्ञानिकहरुका अनुसार संसारकै अग्लो हिमालकै नजिक यस्तो खजाना पृथ्वीको गर्भमा लुकेर रहेको पाइएको हो।
अनुसन्धाताहरुले ठूलो परिमाणमा रहेको लिथियमबारे पत्ता लगाएका हुन्। विश्वमा यसको माग उच्च छ। रणनैतिक स्रोतका लागि विश्वमा भूराजनीतिक प्रतिस्पर्धा बढिरहँदा यसको मूल्य पनि उच्च भएको छ।
यो क्षेत्रमा लिथियम अक्साइड धेरैमा १० लाख १२ हजार ५ सय टन रहेको आकलन छ। चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ जियोलजी एन्ड जियोफिजिक्सका वैज्ञानिकहरुको समूहले लिथियम धातुको खजाना पत्ता लगाएको हो।
चिनियाँ बजारमा अघिल्लो महिनामात्रै लिथियम धातुको प्रतिटन मूल्य २० लाख युआन अर्थात् ३ लाख १६ हजार अमेरिकी डलरभन्दा धेरै पुगिसकेको थियो। यो भनेको अघिल्लो वर्षको तुलनामा चार गुणा बढी हो।
तर नयाँ हिमालयन खजाना कति मूल्यबराबरको छ भन्ने अझै थाहा पाउन बाँकी छ।
यो लिथियम खजाना चीनकै तेस्रो ठूलो मानिएको छ। सिन्जियाङ स्वशासित क्षेत्रमा रहेको बैलोङ हिमाल र सिचुआन प्रान्तको जियाजिका खजानापछिकै ठूलो यसलाई मानिएको चाइना साइन्स डेलीको एक रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार यसको ठूलो औद्योगिक मूल्य रहेको छ। ‘द क्विन्जियागाङ लिथियम पेग्मेटाइट खजाना उत्खननका लागि राम्रो छ’, अनुसन्धानटोलीका प्रमुख क्विन केचाङले भनेका छन्।
उनका अनुसार लिथियमको क्वालिटी पनि राम्रो र धेरै गहिराइमा पनि नभएको पाइएको छ। यसको अर्थ उत्खनन गर्न निकै सहज हुनेछ। स्थानका हिसाबले पनि निकै अनुकूल र भौगोलिक रुपमा चोमोलाङमाको मुटुबाट टाढा प्रकृतिको गर्भमा भए पनि पहुँचयोग्य रहेको छ। तिब्बतीहरुले माउन्ट एभरेस्ट (नेपालमा सगरमाथा)लाई चोमोलाङमा भन्छन्।
यसका बाबजुद क्विनले यसको उत्खनन अझै टाढा रहेको बताए। उनका अनुसार यो त अहिले अध्ययनको प्रारम्भिक चरणको कुरा मात्रै हो।
ठूला अर्थतन्त्र भएका देशहरु विश्व जलवायु परिवर्तनविरुद्ध लड्न विद्युतीय कारहरुमा रुपान्तरित हुन लागिरहेका बेला चाँदीजस्तै सेतो धातुलाई नयाँ तेल वा सेतो सुन मान्न थालिएको छ। विद्युतीय कारका ब्याट्रीहरुमा यो अत्यन्तै आवश्यक र महत्वपूर्ण पुर्जा हो।
अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईईए)को अनुमानमा यदि सन् २०४० सम्ममा विश्वले जलवायु लक्ष्य पूरा गरे लिथियमको माग ४ हजार प्रतिशतले बढ्नसक्नेछ।
आईएचएस मार्किटका अनुसार अहिले ८५ प्रतिशत लिथियम ल्याटिन अमेरिका र अस्ट्रेलियाबाट आउँछ। अमेरिकी भौगर्भिक सर्भेले तयार गरेको सन् २०२२ को मिनेरल कोमोडिटी समरीअनुसार यी दुई क्षेत्रलाई विश्वको थाहा भएकोमध्ये ६४ प्रतिशत लिथियमको घर नै मानिन्छ।
सगरमाथानजिकै पत्ता लागेको लिथियम खजाना स्पोडुमिन भनिने लिथियम मिश्रित चट्टानजस्तै रहेको बताइएको छ। यो भनेको अस्ट्रेलियाको जस्तै। ल्याटिन अमेरिकामा पाइने लिथियमलाई भने लिथियम ट्राइएन्गल भनिन्छ। यो बोलिभिया, अर्जेन्टिना र चिलीमा पाइन्छ।
विश्वको ठूलो ईभी बजार चीनमा कम्पनीहरुले विश्वको दुई तिहाइ लिथियम प्रशोधन गर्छन्। विश्व ब्याट्री उत्पादनमा पनि उनीहरुकै दबदबा छ।
यसले अमेरिका र यसका पक्षराष्ट्रलाई चिढ्याएको छ। उनीहरुले चीनमाथिको आपूर्ति निर्भरता घटाउने दाबी गर्दै आएका छन्।
यता चीनमा खनिज आपूर्तिको तीन भाग आयातमा आधारित छ। ९६ प्रतिशत स्पोडुमिन चीनमा अस्ट्रेलियाबाट नियाृत हुने गरेको आईएचएस मार्किटको तथ्यांकले देखाएको छ। धेरैजसो चिनियाँ कम्पनीहरु भने ल्याटिन अमेरिकाका उत्खनन परियोजनामा संयुक्त उपक्रम गरिरहेका छन्।
साउथ चाइना मर्निङ पोस्टबाट
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…