सामसङ्गले आजदेखि नेपाली बजारमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरू उपलब्ध गराएको छ । ग्यालेक्सी एस२२ मा अल्ट्रा प्रिमियम स्मार्टफोनहरूका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरिएको सामसङ्गले जानकारी दिएको छ ।
सो कम्पनीका अनुसार आकर्षक एवं दीगो डिजाइनका साथ बनेको भनिएको ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस२२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसरयुक्त अद्भूत क्यामराहरू रहेका छन् । सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२२ सिरिजलाई प्रस्तुत गरेर कम्पनीले नियमहरूको पुनर्लेखन गर्न र एउटा स्मार्टफोनले कतिसम्म गर्न सक्छ भन्ने प्रष्ट्याउन चाहेको बताएका छन् ।
स्थापितका अनुसार पहिलोपटक ग्यालेक्सी एस २२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगै ल्याएको छ । ग्यालेक्सी एस२२ अल्ट्राभित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध रहेको उनको भनाइ छ । यी विशेषताले मोबाइललाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको उनले दाबी गरेका छन् ।
ग्यालेक्सी एस२२ सिरिज कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरूका साथ डिजाइन गरिएको बताइएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा (१२/५१२ जीबी) को मूल्य १ लाख ६९ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबीको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी दुई क्षमतायुक्त मोबाइल बर्गन्डी, फ्यान्टम ब्ल्याक र हरियो रङमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
यसैगरी एस २२ प्लस (८/२५६ जीबी) को मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ तोकिएको छ । ८÷२५६ जीबी क्षमतायुक्त मोबाइलको मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको सामसङ्गले जनाएको छ । यी दुई क्षमताका मोबाइल फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र पिङ्क गोल्डमा उपलब्ध छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…