काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेको संसद अवरोधकै बीच अमेरिकी सहयोग परियोजना अनुमोदन गराउने तयारी थालेका छन् । अहिले गठबन्धन परिवर्तन गरेर वा सभामुखको आचरणविरुद्ध प्रस्ताव ल्याएर अलमल नगर्ने र फागुन १६मा अमेरिकाले दिएको समयसीमाभित्रै सम्झौता अनुमोदन गराउने प्रधानमन्त्रीको तयारी छ ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले कांग्रेसका सबै सांसदलाई बिहीबार संसदमा उपस्थित हुन आग्रह गरिएको उल्लेख गरेकी छिन् ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरूले सरकारको प्रस्तावको विपक्षमा नजाने अपेक्षा गरेका छन् । बिहीबारको संसदको कार्यसूचीमा एमसीसी सम्झौतामा छलफल गरियोस् भनेर अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव गर्नेछन् । यद्यपि सम्झौता संसदमा पेस गर्दा शर्मा बिरामी भएको भनेर अनुपस्थित थिए ।

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू एमसीसी सम्झौताको पक्षमा मतदान गर्नेछन् । समाजवादीका मन्त्रीहरूले स्वास्थ्यमन्त्री विरोध खतिवडाको निवासमा छुट्टै भेटघाट गरेर यसबारे छलफल गरेको समाजवादीका एक मन्त्रीले जानकारी दिए । त्यसपछि उक्त पार्टीका बहुसंख्यक सांसदलाई पक्षमा मतदान गराउने भनेर समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्रीलाई आश्वासन दिएको बुझिएको छ ।

एमसीसी सम्झौता आफ्नो समयमा शुरुवात भएकोले यसलाई अनुमोदन गराउनुपर्छ भनेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लविङ गरिरहेका छन् । बाबुराम भट्टराई पक्षधर सांसदको पक्षमा मतदान हुनेछ । जनता समाजवादी पार्टीमा डा. भट्टराई पक्षधर सांसदलाई मतदान गराउने र बढी सांसदलाई पक्षमा मतदान गराउन आग्रह गर्ने विषयमा मंगलबार साँझ प्रधानमन्त्रीका दूतका रूपमा सञ्चार एवं सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भट्टराईलाई भेटेका थिए ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले पनि एमसीसीको पक्षमा मत दिने निर्णय गरिसकेको छ ।

एमालेले अवरोध गर्ने भएकाले उक्त दलका सांसद प्रक्रियामा सहभागी हुनेछैनन् । एमालेले आफ्ना सांसद भीम रावललाई यसअघि नै संसद्मा दर्ता भएको प्रस्तावमा आफ्नो राय राख्न दिएको सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराइसकेको छ । एमाले प्रक्रियामा नै सहभागी नहुने भएकाले रावलले सायद मतदान प्रक्रियामा भाग लिने छैनन् ।

त्यस्तै, स्वतन्त्र सांसद् हृदयेश त्रिपाठीले आफू एमसीसी सम्झौता माग गर्ने डा. बाबुराम भट्टराईको सरकारमा पनि आफू मन्त्री रहेको र यसलाई अनुमोदन गराउन संसदमा दर्ता गराउने पूर्ववर्ती केपी शर्मा ओलीको सरकारमा पनि मन्त्री रहेकोले नैतिक हिसाबले पनि आफू यसको पक्षमा उभिने बताएका छन् ।

‘फेरि अमेरिकासँग हामीले दीर्घकालीन सम्झौता गरेका होइनौं, यो त विकास परियोजना हो,’ उनले भने, ‘परियोजनाको अवधि समाप्त भएपछि यो सम्झौता बहाल रहने पनि होइन । विकास परियोजनामार्फत् केही काम हुन्छ भने पनि यो त साह्रै सकारात्मक विषय हो ।’

त्रिपाठीले यस सम्झौता ‘मेरिट’ का आधारमा पनि सकारात्मक रहेको र आफैं सरकारमा छँदा माग गरेको र आफैं सहभागी सरकारले अनुमोदनका लागि संसदमा दर्ता गराएकाले आफूबाट दोहोरो चरित्र प्रदर्शन नहुने बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago