नेप्से करिव एक सय अंकले गिरावट आउँदा ठूला ब्रोकरहरुबाट यस्तो भयो खरिद बिक्री ?

साताको दोश्रो कारोवार दिन नेप्से परिसूचकमा निकै ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ९९ दशमलव ८६ अंक अर्थात ३ दशमवल ४२ प्रतिशत घटेको छ ।  ८ अर्ब ८८ करोडको शेयर कारोवार हुँदा ब्रोकर नम्बर ४५ बाट सर्वाधिक ९५ करोड ७५ लाख बराबरको शेयर खरिद बिक्री भएको छ भने दोश्रोमा ५८ नम्बर ब्रोकरबाट ९३ करोड  २९ लाख बराबरको कारोवार भएको छ। त्यस्तै तेश्रोमा ३४ नम्बर ब्रोकरबाट ७८ करोड ४५ लाख बराबरको कारोवार भएको छ ।

आज टप ४ ब्रोकरहरुबाट खरिद भन्दा बिक्री धेरै भएको देखिन्छ । ब्रोकर नम्बर ४५ बाट ४५ करोड माथिको खरिद हुँदा ५० करोड  माथिको बिक्री भएको छ। त्यस्तै ५८ नम्बर ब्रोकरबाट ४३ करोड माथिको खरिद हुँदा ४९ करोड  माथिको बिक्री भएको छ ।

३४ नम्बर ब्रोकरबाट ३० करोड माथिको खरिद हुँदा  ४८ करोड  माथिको बिक्री भएको छ  र ३८ नम्बर ब्रोकरबाट ३२ करोड माथिको खरिद हुँदा ४३ करोड माथिको बिक्री भएको छ ।

त्यसपछि ४९ नम्बर ब्रोकरबाट भने बिक्री भन्दा खरिद धेरै भएको छ। ४९ नम्बर ब्रोकरबाट बाट ४४ करोड माथिको खरिद हुँदा २६ करोड माथिको बिक्री भएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago