डोमालाल राजवंशी रंगशालामा हुँदै आएको झापा गोल्ड मेची रंगशालामा

झापा । वर्षेनि डोमालाल राजवंशी रंगशालामा हुँदै आएको झापा गोल्डकपको सट्टा यस वर्ष मेची रंगशालामा भद्रपुर झापा गोल्डकप हुने भएको छ ।

एक–एक वर्षमा आलोपालो गर्ने हिसाबले झापा गोल्डकपलाई यस वर्ष स्थगित गरी पहिलो पटक मेची रंगशालामा भद्रपुर झापा गोल्डकप आयोजना गर्न लागिएको हो ।

यस वर्ष झापा गोल्डकप स्थगित गरी मेची रंगशालामा भद्रपुर झापा गोल्डकप गर्न लागिएको भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष दीपेश ढकालले बताए । झापा गोल्डकप आयोजक समितिसंग यस वर्ष प्रतियोगिता स्थगित गर्न आग्रह गरिएको बताउँदै ढकालले लगभग सहमति भइसकेको जानकारी दिए । उनले एक वर्ष मेची रंगशालामा भद्रपुर झापा गोल्डकप र अर्को वर्ष डोमालाल राजवंशी रंगशालामा झापा गोल्डकप गर्ने सहमति बनिसकेको जानकारी दिए ।

‘ए’ डिभिजन राष्ट्रियस्तरको झापा गोल्डकपको पाँचौं संस्करण गत वर्षको फागुन अन्तिममा बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको थियो । यस वर्ष त्यहाँ झापा गोल्डकपको छैठौं संस्करण गरिनु पर्ने थियो । तर, यस वर्ष प्रतियोगिता नहुने भयो ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले मेची रंगशालामा भद्रपुर झापा गोल्डकप आयोजना गरिँदा खुशी मान्नुपर्ने बताए ।
झापा गोल्डकपलाई जिल्लाभरि विस्तार गर्ने उद्धेश्यअनुरुप मेची रंगशालामा भद्रपुर झापा गोल्डकप आयोजना गरिएको उनले प्रतिक्रिया दिए ।

अहिलेको आर्थिक संकटका बेला दुईवटा प्रतियोगिता गर्न गाह्रो पर्ने भएकाले एउटै प्रतियोगितालाई सफल पार्न सबैजना लाग्नुपर्नेमा उनले जोड दिए । झापा गोल्डकप स्थगित गरिएपनि भद्रपुर झापा गोल्डकप सम्पन्न भइसकेपछि डोमालाल राजवंशी रंगशालामा केही न केही गर्ने उनले जानकारी दिए ।

‘यो प्रतियोगिता झापाको प्रतिष्ठित ‘झापा गोल्डकप’कै निरन्तरताको एउटा कडी भएको पनि जानकारी गराउन चाहन्छौँ’, भद्रपुर झापा गोल्डकपका अध्यक्ष ढकालले भने,‘बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुँदै आएको ‘झापा गोल्डकप’लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको हो ।’
मेची रंगशालामा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने बिहीवार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समतिले जानकारी दिएको छ ।
आयोजक समितिका अध्यक्ष ढकालका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका लागि मेची रंगशालाको स्तरोन्नति गर्ने काम सुरु भइसकेको महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । अत्यन्त जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी सो रंगशालामा झार रोप्ने र माटोको लेभल मिलाउने काम भइरहेको छ ।
झापा फुटबलको उर्वर भूमि हो भने सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो हो । जिल्लाको सबैभन्दा पुरानो र व्यवस्थित मेची रंगशाला देशका चर्चित र सफल खेलाडीहरूको प्रारम्भिक खेल मैदान हो ।

१८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’पछि फुटबलका ठुला र प्रतिष्ठित खेलहरू आयोजना हुन नसक्दा मेची रंगशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थित गर्न सकिएको थिएन ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरूसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।खेल सञ्चालनका लागि भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।

कुल १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी रकम व्यापारिक प्रतिष्ठानबाट स्पोन्सरका रुपमा संकलन गरिने सहकोषाध्यक्ष अजय साहेवालाले जानकारी दिए ।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई नगद १० हजार पुरस्कारको प्रदान गरिनेछ ।

यसैबीच, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने भएको अध्यक्ष ढकालले बताए । ढकालका अनुसार भद्रपुर नगरभित्रका सरकारी विद्यालयका विद्यार्थीलाई खेल हेर्न टिकट लाग्ने छैन ।
त्यस्तै, नगरभित्रका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको ढकालले जानकारी दिए ।

भद्रपुर झापा गोल्डकप गर्नका लागि गत मंसिर २६ गते मुल आयोजक समिति गठन गरिएको थियो । समितिको अध्यक्षमा दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, उपाध्यक्षद्वय गौरब सुब्बा (मनोज) र डिल्लीराम घिमिरे(हिक्मत) महासचिव जीवनकुमार श्रेष्ठ, सचिव टहलदास मैनाली, सह–सचिव योगेन्द्र पौडेल, कोषाध्यक्षमा गणेश राजभण्डारी, सहकोषाध्यक्ष अजय साहेवाला तथा सदस्यमा कुमार श्रेष्ठ,अनिल सुब्बा,पूनम सुब्बा,कविता गुरुङ, प्रज्वल राई, टेकमान गुरुङ र गम्भीर राई रहेका छन् ।

त्यस्तै १५१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । त्यस्तै विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago