दमकमा रोकिएको जग्गा कित्ताकाट केहि दिनभित्रैमा सुचारु

दमक । दमकमा रोकिएको जग्गा कित्ताकाट केहि दिनभित्रैमा सुचारु हुने भएको छ ।

दमक नगरपालिकाका प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले बिहीवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेर रोकिएको कित्ताकाट खुलाउनेबारे कुराकानी गरेका थिए ।

मन्त्रालयका उपसचिव काजीबहादुर विष्टलाई नगर प्रमुख र उपप्रमुखले लामो समयदेखि कित्ताकाट रोकिँदा नागरिकहरुलाई ब्यवहारिक कठिनाई भएको र राजस्वमा समेत कमी आएको जानकारी गराएका थिए ।साथै दमक नगरपालिकाले जग्गाको वर्गीकरण गरेर सिफारिस समेत पठाईसकेको अवस्थामा कित्ताकाट रोकिँदा समस्या भएको बताएका थिए ।

जवाफमा मन्त्रालयका उपसचिव विष्टले प्रक्रिया पुर्याएर तत्कालै कित्ताकाट खोलिने जानकारी गराएको उपप्रमुख भट्टराईले बताइन् । आफूहरु अहिले नगरका बिभिन्न कामका लागि काठमाण्डौमा रहेको भन्दै उनले दमक फर्केलगत्तै कित्ताकाट कार्यान्वयन हुने जानकारी दिइन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago