दमकमा रोकिएको जग्गा कित्ताकाट केहि दिनभित्रैमा सुचारु

दमक । दमकमा रोकिएको जग्गा कित्ताकाट केहि दिनभित्रैमा सुचारु हुने भएको छ ।

दमक नगरपालिकाका प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले बिहीवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेर रोकिएको कित्ताकाट खुलाउनेबारे कुराकानी गरेका थिए ।

मन्त्रालयका उपसचिव काजीबहादुर विष्टलाई नगर प्रमुख र उपप्रमुखले लामो समयदेखि कित्ताकाट रोकिँदा नागरिकहरुलाई ब्यवहारिक कठिनाई भएको र राजस्वमा समेत कमी आएको जानकारी गराएका थिए ।साथै दमक नगरपालिकाले जग्गाको वर्गीकरण गरेर सिफारिस समेत पठाईसकेको अवस्थामा कित्ताकाट रोकिँदा समस्या भएको बताएका थिए ।

जवाफमा मन्त्रालयका उपसचिव विष्टले प्रक्रिया पुर्याएर तत्कालै कित्ताकाट खोलिने जानकारी गराएको उपप्रमुख भट्टराईले बताइन् । आफूहरु अहिले नगरका बिभिन्न कामका लागि काठमाण्डौमा रहेको भन्दै उनले दमक फर्केलगत्तै कित्ताकाट कार्यान्वयन हुने जानकारी दिइन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago