प्रकाशचन्द्र पाण्डे काठमाडौं । प्रविधिको प्रयोग हावी हुँदै गइरहेको समयमा हामीले अब स्वास्थ्य उपचारका लागि जान लामो लाइन र घण्टौँकाे पर्खाइ भोग्नुपर्दैन आफ्ना सबै कामहरु आफ्नो मोबाईलबाट नै गर्न मिल्ने भइसकेको छ । स-साना भुक्तानी देखि लिएर ठुला वित्तिय कारोबार सबै अनलाईन नै गर्न मिल्ने भइसकेको छ । अब शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे अपाेइन्टमेन्ट बुकिङ पनि सुचारु भइसकेको छ ।
इसेवामा कार्यरत दिलिप गिरीले जानकारी दिएअनुसार अब स्वास्थ्य उपचारका लागि जान बिरामीहरूले लामो लाइन र घण्टौँकाे पर्खाइ भोग्नुपर्दैन । घरमै रहि इसेवा एप भित्र अस्पतालमा जाँचका लागि उपलब्ध डाक्टरहरूकाे सूचि साथै कुन डाक्टर कुन समयमा उपलब्ध हुनुहुन्छ भन्ने जानकारीका साथ अनलाइन अपाेइन्टमेन्ट लिन सक्नुहुनेछ ।भोलिको अपोइन्टमेन्टको लागि आज मात्रै तपाईंले लगइन गरेर पेमेन्ट गर्न सक्नुहुनेछ ।स्थलगत सेवा भने विहान ८ बजेदेखि विहान ११ बजेसम्म तपाईंले सेवा पाउन सक्नुहुनेछ ।
१. एपमा लग-इन गरी “Health” आइकनमा थिच्नुहाेस् २. स्वास्थ्य जाँचका लागि जान खाेज्नुभएकाे अस्पतालकाे नाममा थिच्नुहाेस्
३. जचाउन खाेज्नुभएकाे डाक्टर, मिति र समय छनाैट गरी “Continue” मा थिच्नुहाेस् ४. देखाइएकाे विवरण निश्चित गरी “Confirm” मा थिच्नुहाेस् र बुकिङ्ग प्रक्रिया पुरा गर्नुहाेस्
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…