शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको अपोइन्टमेन्ट इसेवाबाटै

प्रकाशचन्द्र पाण्डे काठमाडौं । प्रविधिको प्रयोग हावी हुँदै गइरहेको समयमा हामीले अब स्वास्थ्य उपचारका लागि जान  लामो लाइन र घण्टौँकाे पर्खाइ भोग्नुपर्दैन आफ्ना सबै कामहरु आफ्नो मोबाईलबाट नै गर्न मिल्ने भइसकेको छ । स-साना भुक्तानी देखि लिएर ठुला वित्तिय कारोबार सबै अनलाईन नै गर्न मिल्ने भइसकेको छ । अब शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे अपाेइन्टमेन्ट बुकिङ पनि सुचारु भइसकेको छ ।

इसेवामा कार्यरत दिलिप गिरीले जानकारी दिएअनुसार अब स्वास्थ्य उपचारका लागि जान बिरामीहरूले लामो लाइन र घण्टौँकाे पर्खाइ भोग्नुपर्दैन । घरमै रहि इसेवा एप भित्र अस्पतालमा जाँचका लागि उपलब्ध डाक्टरहरूकाे सूचि साथै कुन डाक्टर कुन समयमा उपलब्ध हुनुहुन्छ भन्ने जानकारीका साथ अनलाइन अपाेइन्टमेन्ट लिन सक्नुहुनेछ ।भोलिको अपोइन्टमेन्टको लागि आज मात्रै तपाईंले लगइन गरेर पेमेन्ट गर्न सक्नुहुनेछ ।स्थलगत सेवा भने विहान ८ बजेदेखि विहान ११ बजेसम्म तपाईंले सेवा पाउन सक्नुहुनेछ ।

अस्पतालमा अनलाइन बुकिङ कसरी लिने ?

१. एपमा लग-इन गरी “Health” आइकनमा थिच्नुहाेस् २. स्वास्थ्य जाँचका लागि जान खाेज्नुभएकाे अस्पतालकाे नाममा थिच्नुहाेस्

३. जचाउन खाेज्नुभएकाे डाक्टर, मिति र समय छनाैट गरी “Continue” मा थिच्नुहाेस् ४. देखाइएकाे विवरण  निश्चित गरी “Confirm” मा थिच्नुहाेस् र बुकिङ्ग प्रक्रिया पुरा गर्नुहाेस्

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago