अमेरिकाको भर्जिनियामा स्थानीय समयअनुसार मंगलबार राति स्थानीय वालमार्ट स्टोरमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। भर्जिनियाको चेसपिकस्थित वालमार्टमा स्थानीय समय अनुसार रातिको १० बजेपछि एक बन्दुकधारीले गोली चलाएका हुन्।
स्थानीय प्रहरी अधिकारीका अनुसार आक्रमणकारीसहित बढीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
केही मानिस घाइते भएका छन्। घाइतेहरूको नोर्फोकस्थित अस्पतालमा उपचार भइरहेको छ। तर, घाइतेहरुको अवस्थाबारे स्पष्ट जानकारी छैन।
कोलोराडोको गे नाइट क्लब ‘क्लब क्यू’ मा पाँचजनाको ज्यान जाने गरी भएको आक्रमणको तीन दिनपछि भर्जिनियामा अन्धाधुन्ध गोलीकाण्ड भएको हो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…