काठमाडौं । महामन्त्री विश्वप्रकाश झापा-१ मा झण्डै १० हजारको अग्रता लिइरहँदा अर्का महामन्त्री थापा काठमाडौं-४ बाट निर्वाचित भएका छन् । प्रदीप काठमाडौं- ५ बाट सांसद चुनिएका छन् ।
मंगलबार राति सकिएको मत गणनामा पौडेलले नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । प्रदीपले १५ हजार २३७ मत पाउँदा निवर्तमान सांसद समेत रहेका पोखरेलले १० हजार १७५ मत मात्र पाए । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा हार व्यहोर्ने एमालेका पहिलो पदाधिकारी हुन् । पोखरेल एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियताका नेता हुन् ।
दुई पटक यही क्षेत्रबाट सांसद भएका पोखरेल कोरोनाकालमा निकै विवादमा आएका थिए भने कांग्रेसका पौडेल परीक्षण नभएका नेता हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…