कार्तिक १८ गतेदेखि उम्मेदवारले र्‍याली, आमसभा गर्न पाउँने : आयुक्त भण्डारी

काठमाडौँ – निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरुले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचार–पसार गर्न पाउने बताएका छन्। आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो  बताएका हुन्।

उनले कार्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनारलगायतका प्रचारबाजी गर्न नहुने बताए। उनले उम्मेदवारको प्रचारबाजीका लागि आयोगले निश्चित समयसीमा तोकेकाले समयसीमाभित्र रहेर उम्मेदवारले प्रचार–प्रसार गर्न उचित हुने बताए।

आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आए पनि मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताए। उनले सञ्चारजगत र निर्वाचन आयोग एउटै सिक्काका दुई वटा पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने बताए।

उनले भने, ‘कार्तिक ६ गतेदेखि १७ गतेसम्मको अवधि भनेको प्रत्येक उम्मेदवारहरुले घरदैलो गर्ने कार्यक्रम रहेको अवस्था विद्यमान हो। १८ देखि मंसिर २ गतेसम्म १७ दिनको समय भनेको हरेक प्रतिनिधित्व गर्न चाहने प्रतिनिधि, जो उम्मेदवारी दिएर प्रतिनिधित्व गर्न घरदैलो गरिरहनुभएको छ।

उहाँहरुले कोण सभा, आम सभा, र्‍याली, गोष्ठी, सेमिनारलगायतका कार्यक्रमहरु गरेर निर्वाचन प्रचारप्रसार गर्न सक्नुहुन्छ। २ देखि ४ गतेसम्मको अवधि भनेको पेचिलो अवधि हुन्छ।’

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago