लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्छ : पाण्डेय

पाल्पा । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेयले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताउनु भएको छ ।

नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहनुभएका नेता पाण्डेयले तानसेन ६ को कुन्सरे, सम्मोचैपारी, भोटेचौपारी, ककरुंगा, बर्तुङलगाएतका स्थानको घरदैलो कार्यक्रममा एउटै उद्देश्य बोकेर पाँच दलीय गठबन्धन बनेको बताउँदै उद्देश्य पूरा नहुँदासम्म गठबन्धन रहने बताउनुभएको हो ।

पाण्डेयले संघियता र गणतन्त्रविरुद्धमा लाग्नेलाई परास्त गर्नका लागि गठबन्धन बनेको भन्दै पाण्डेयले संघियताको कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पाँच दलीय गठबन्धन दीर्घकालसम्म रहने बताउनुभयो । नेता पाण्डेयले पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचन लड्न लागेको भए पनि समग्र पाल्पा जिल्लालाई आधार बनाएर आर्थिक समृृद्धिको थालनी पनि पाल्पाबाट नै गर्ने बताउनुभयो । नेपालमा थुप्रै राजनीतिक परिवर्तन भएपनि आर्थिक समृद्धिसँग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको भन्दै नेता पाण्डेयले अव त्यसको नेतृत्व गठबन्धनले गर्ने बताउनुभयो ।

कार्यक्रममा गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ (१) का उम्मेदवार वीर बहादुर रानाले देशलाई सही मार्गमा डोर्‍याउन पाल्पासहित समग्र देशको विकास गर्नका लागि गठबन्धन नेतृत्वलाई जिताउन आवश्यक भएको बताउनुभयो । रानाले इमान्दार भएर गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

गठबन्धनको जित सुनिश्चित रहेको भन्दै नेता रानाले संविधान मिच्ने, लोकतन्त्रको चीरहरण गर्ने, जनप्रतिनिधि संस्थालाई विघटन गर्नेका विरुद्ध गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago