सत्ता होइन व्यवस्था बचाउन गठबन्धन : नेता पाण्डेय

पाल्पा । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार सोम प्रसाद पाण्डेयले देशलाई अप्ठेरो परेको बेला ईतिहास देखी नै पटक पटक बाम लोकतान्त्रिक गठबन्धन भएर देशलाई बँचाउने काम भएको बताउनुभएको छ ।

नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहनुभएका नेता पाण्डेयले तानसेन नगरपालिका वडा नं. १२ को विभिन्न स्थानमा भएको चुनावी घरदैलोलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । नेता पाण्डेयले गणेशमानको बेला, ६२÷६३ सालमा जनआन्दोलनको बेला राजतन्त्र फाल्न र अहिले बर्षौ लगाएर बनाएको संविधान माथी प्रहार भईरहेको बेला संविधान र लोकतन्त्र बँचाउन बाम लोकतान्त्रिक गठबन्धन भएको बताउनुभएको हो । गठबन्धन चुनावी तालमेल मात्र नभएर ईतिहासमा जस्तै देश जोगाउने अभियान र संविधान रक्षाका लागी भएको बताउनुभएको हो ।

नेता पाण्डेयले अहिलेको चुनाव अग्रगामी शक्ति र प्रतिगमनकारी शक्ति बीचको लडाई भएको बताउनुभयो । संविधान माथि धावा बोल्नेलाई पराजित गर्न गठबन्धन भएको नेता पाण्डेयको भनाई थियो । “पाँच दलको गठबन्धनले देश जोगाउन, सुशासन ल्याउँछ, स्थायित्व ल्याउँछ, यसको विकल्प छैन ।” नेता पाण्डेयले भन्नुभयो । “गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट कसैलाई छैन । यो सहमति अक्षरशः पालना गरेर जानू पर्दछ, सत्ता होइन व्यवस्था बचाउन अहिले ५ दलको गठबन्धन हो ।”

अहिलेको गठबन्धन चुनाव जिताउने तालमेल मात्र नभएर संविधानको रक्षा र परिवर्तनका उपलब्धी जोगाउने अभियान भएको नेता पाण्डेयले बताउनुभयो । प्रतिगामीहरूले अर्को गठबन्धन नै बनाएर संविधान नै खल्बल्याउने प्रयास गरिरहेकाले त्यसविरूद्ध अग्रगामी गठबन्धन बनेको नेता पाण्डेयको दाबी छ ।

कार्यक्रममा गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ (१) का उम्मेदवार वीर बहादुर रानाले संविधानको रक्षा दलहरुको प्रमुख दायित्व भएकाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्नुभयो । मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने रानाले बताउनुभयो ।

रानाले संविधान क्षतविक्षत गरेर संविधानलाई समाप्त पार्ने प्रयास भएपछि गठबन्धन गरेर अघि बढेको बताउनुभयो । रानाले गठबन्धनले जोखिम नउठाएको भए र प्रतिकार नगरेको भए आज संविधान नै क्षतविक्षत हुने र लोकतन्त्र खल्बलिने बताउनुभयो । रानाले संविधान रक्षा गर्न यो जोखिम मोलेको र लोकतान्त्रिक गठबन्धन त्यही जोखिमको निरन्तरता भएको बताउनुभयो ।

 

 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago