एमालेले जित्नु भनेको राष्ट्रले जित्नु हो : नेता गैरे

पाल्पा । नागिरकता विधेक जस्ता काम गठबन्धन सरकारले सामान्य रुपमा लिनु ठूलो भूल भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर गैरेले बताउनुभएको छ । उहाँले राष्ट्रियताको सवालमा एमालेको जित भनेको राष्ट्रर्को हित हुने समेत बताउनुभयो ।
मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्र्दभमा रैनादेवी छ्हरा २ सोमादी र ५ मुझुङको घर दैलो कार्यक्रममा नेता गैरेले एमालेको सरकारले तयार पारेका अधुरा काम सम्पन गर्ने र नयाँ कामको थालनीका लागि एमालेले जित्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले विचार विहीन ,सिद्धान्त रहित गठबन्धनले केवल पद जित्न कै लागि जनतालाई झुक्याउने योजना बनाएको आरोप लगाउदैं मतदातालाई विवेक प्रयोग गर्न अपील गर्नुभयो ।

नेकपा एमालेको तर्फबाट पाल्पा निर्वाचन क्षेत्र न. २ प्रदेशसभा २ काउम्मेदवार ओम बहादुर घर्तीमगरले गठबन्धनले गाउँमा परेका योजना समेत कटौती गर्ने गरेको बताउनुभयो । उहाँले जनताको गुनासोलाई आफु निर्वाचन भएपछि योजना निर्माण गरी समाधानको बाटो खोज्ने, रोकिएका योजना सुरु गर्ने बताउनुभयो । नेता घर्तीमगरले उत्पिडनमा परेको समुदायलाई माथीउठाउन कुनै कसुर बाकी नराख्ने साथै डुम्रे सर्देवा हुँदै जाने सडकलगायत खानेपानीको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

घरदैलो कार्यक्रममा उम्मेदवारहरुलाई खानेपानीको समस्या रहेको, जनप्रतिनिधिले विकासका नाममा झुक्याएको,निर्वाचित जनप्रतिनिधि बाट जन अपेक्षा अनुसार काम नभएको जस्ता गुनासा गरेका थिए । जनताको गुनासालाई पहिलो पटक संसदिय राजनीतिमा प्रवेशका लागि टिकट पाएका गैरेले क्रमिक रुपमा सम्वोधन गर्ने बताउनुभयो । उहाँले पहिलेका जनप्रतिनिधिले जस्तो धोका नदिने बताउनुभयो ।
घरदैलो कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर राउत, जिला सदस्य नारायण पोखरेल , गिता घिमिरे , मिना जि.सी , रैनादेवी छहरा गाउँकमिटी अध्यक्ष राम प्रसाद ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।

यस्तैगरी नेकपा एमालेको पाल्पा क्षेत्र नम्बर २(१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई बगनासकाली गाउँपालिका वडा नम्बर ३ को नायर क्षेत्रमा पुग्नुभएको छ । यस क्षेत्रमा स्थानमा प्रचार प्रसार कार्यालयको उद्घाटन समेत गरिएको छ । कार्यालयको उद्घाटन गर्दै भट्टराईले बगनासकाली लगायत समग्र पाल्पाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रको विकासमा आफ्नो सक्रिय भूमिका खेल्ने बताउनुभयो । उहाँले सम्भावनाको खानी रहेको बगनासकाली गाउँपालिकालाई कृषि र पशुपालनको पकेट क्षेत्रको रुपमा विकासका लागि नमुना परियोजना संचालन गर्ने बताउनुभयो ।

देशमा लामो संर्घषपछि प्राप्त परिर्वतनका लागि संस्थागत गर्न नेकपा एमालेलाई जिताउनुपर्ने नेकपा एमाले निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले बताउनुभएको छ । उहाँले परिर्वतनलाई संस्थागत हुनबाट रोक्न देशी विदेशी शक्ति क्रियाशिल भएको र गठबन्धन सरकार त्यहि शक्तिको पछि लागेका कारण देश समस्या ग्रस्त बनेको समेत बताउनुभयो । चुनावी अभियानमा रामपुर नगरपालिका वडा नं. १ गाँडाकोटका मतदातासंग मत माग्नुका साथै सुझाव संकलन समेत गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा १ का सदस्य पदका उममेदवार राजुप्रसाद श्रेष्ठले रामपुर क्षेत्रको विकासका लागि आफु पदमा हुँदा वा नहुँदा सधै क्रियाशील रहेको बताउनुभयो । उहाँले समस्या बुझेको र समस्या समाधनाको विकल्प बारे जानकार भएकोले सम्वृद्ध रामपुरको सपना लिएर आफु उम्मेदवार भएकोले आफुलाई मत दिन मतदाता समक्ष आग्रह गर्नुभयो ।

नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेका अनुसार मतदातासंग भेटघाटमा शुद्ध खानेपानी, स्तरीय सडक सञ्जाल र सहज विद्युत सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन् । उम्मेदवारले क्रमिक रुपमा समाधान गर्ने बताएका छन् । पूर्वि पाल्पामा विकासको लहड एमालेनै ल्याएको समेत बताएका छन् । गएको कार्तिक १ गते देखि रामपुर नगरपालिका विभिन्न वडामा मतदाता भेटघाट कार्यक्रम चलिरहेको स्थानीय तह निर्वाचन २०७९ मा रामपुर नगरपालिका प्रमुखका उपविजेता शिव अर्यालले बताउनुभयो ।
यस्तै अर्का निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा २ का प्रदेशसभा सदस्य पदका उम्मेदवार खेमबहादुर सारुले माथागढीको विभिन्न वडामा पुगी मतदातासंग भेटघाट गरिरहनुभएको छ । उहाँले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभएको छ । उहाँले आगामी दिनमा जनताको जनप्रतिनिधिसंग कुनैखाले गुनासो नरहनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago