श्रमकाे सम्मान : बालीघरे प्रथा छाेडेर नगदमै कारोबार

अहिले नगदमै कारोबार हुन्छ, श्रमको मूल्य पाएका छौंँ । गाउँघरमा प्रयोग हुने हँसिया, कुटो, कोदालो, बञ्चरो जस्ता कृषि औजार तथा हतियारमा धार लगाउने जस्ता काम बालीघरे प्रथा अनुसार हुँदै आएका थिए । वर्षभरि औजारमा धार लगाए बापत दुई–तीनपाथी धान, चामल, मकै, कोदो लगायतका अन्न घरघर पुगेर उठाउँदै आउनुपरेको थियो ।

पाल्पा । पाल्पाको वगनासकाली ६ यम्घाका खिमबहादुर विश्वकर्माले बाली उठाउन छोडेको पाँच वर्ष भयो । खिमबहादुरले चापपानी—तानसेन सडकखण्डको छेवैमा घरेलु उद्योग सञ्चालन गर्न थालेका छन् । ‘हजुरबुबाको पालादेखि बालीघरमा काम गथ्र्यौ, बुबाको निधनपछि छोडियो’, खिमबहादुर भन्छन्, ‘अहिले नगदमै कारोबार हुन्छ, श्रमको मूल्य पाएका छौंँ ।’ गाउँघरमा प्रयोग हुने हँसिया, कुटो, कोदालो, बञ्चरो जस्ता कृषि औजार तथा हतियारमा धार लगाउने जस्ता काम बालीघरे प्रथा अनुसार हुँदै आएका थिए । वर्षभरि औजारमा धार लगाए बापत दुई–तीनपाथी धान, चामल, मकै, कोदो लगायतका अन्न घरघर पुगेर उठाउँदै आउनुपरेको थियो । ‘आँगनको डिलमा बसेर अन्न माग्नुपथ्र्यो’, खिमबहादुर विगत सम्झँदै भन्छन्,‘माग्न आयो जस्ता शब्द प्रयोग गर्थे ।’ श्रम गरेर पनि मगन्ते हुनुपर्दा दुःख लागेको खिमबहादुर सुनाउछन् । उनले गएको वर्षदेखि मासिक एक हजार पाँच सय तिर्नेगरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनले काँचो फलाम खरिद गरी सीपको प्रयोगबाट नयाँ कृषि औजार र हतियार बनाउने गर्छन् । यहाँबाट हँसिया, कुटो, कोदालो, बञ्चरो, खुँडा, भाला जस्ता फलामका औजार तानसेन, बुटवललगायतका बजारमा बिक्री हुँदै आएका छन् ।

बगनासकाली–९ चापपानीका टेकबहादुर विकले पनि बालीघरे प्रथा हटेपछि आरन पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउन थालेका छन् । विगत १६ वर्षदेखि फलामका घरेलु हतियारको काम गर्दै आएका टेकबहादुर दैनिक फलामका घरेलु हतियारमा धार लगाउने र नयाँ औजार बनाउने गर्छन् । मासिक ३५ हजार देखि ५० हजार सम्मको कारोबार गर्ने उनले बनाएका खुँडा, भाला जस्ता हतियार चाडवाडमा पशु बध गर्नका लागि विभिन्न क्षेत्रमा बिक्री हुने गरेका छन् । ‘दसैँमा मात्रै रु ५० हजारको बेचे, मन्दिर, कोटघर र घरायसी प्रयोगमा बढी बिक्री हुन्छ’, टेकबहादुर भन्छन्, ‘१७ वर्ष हली भएर गोरु जोते, आरनलाई व्यावसायिक गर्न थालेपछि राम्रै कमाइ भएको छ, छोरोछोरी पढाउन समस्या परेको छैन् ।’ गाउँघरमा घाँस काट्ने हँसिया, धान काट्ने दँतिया, कोदालो, कोदाली, बञ्चरो, खँुडा, भालालगायत कृषि औजार र घरेलु हतियारको बढी प्रयोग हुँदै आएका छन् । जिल्लाको बगनासकाली, रिब्दीकोट, तिनाउ, रैनादवी गाउँपालिका लगायतका स्थानीय तहले परम्परागत आरनलाई व्यावसायिक बनाउन सहयोग गरेका छन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीका अनुसार स्थानीय तहले ‘ग्रेन्डर’, ‘वेल्डिङ’ जस्ता सामग्री र व्यवसाय स्थापना गर्न जस्ता पाता सहयोग गरेका छन् । परम्परागत आरनमा लागत मूल्य बढीपर्ने हुँदा फलाम काट्न र जोड्न सजिलोका लागि मेसिनरी सामग्री सहयोग गरिएको अध्यक्ष चिदीको भनाइ छ । यहाँका ३० बढी परिवारले परम्परागत आरन पेसा गर्दै आएका छन् । उनीहरुमध्ये २० जनाले व्यावसायिक घरेलु उद्योगको रुपमा आरन सञ्चालन गर्न थालेका छन् । तानसेन तथा बुटवल जस्ता सहरबाट कच्चा सामग्री ल्याएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

राससकाे सहयाेगमा

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago