कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सम्पन्न

जापान, योकोहामा । कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सर्वसम्मतिबाट राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै सोमवार सम्पन्न भएको छ ।

१८ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमकान्त कँडेल,  उपाध्यक्षहरूमा गणेशजंग राणा, भीष्मविक्रम थापा, टिकाराम कँडेल र राजेन्द्र अर्याल, महासचिवमा सुशील तिवारी, कोषाध्यक्षमा सुरेश के.सी. र सह-सचिवमा रूद्रलाल कँडेल ‘रामु’ चयन हुनु भएको छ भने सदस्यहरूमा सुदीप लम्साल,

राजकुमार श्रेष्ठ, सचिन के.सी.,भरत देवकोटा, विष्णु थापा क्षेत्री र नारायणप्रसाद कँडेललाई छनौट गरेको निर्वाचन समितिका संयोजक प्रकाश पौडेल ‘माइला’ ले जानकारी दिए । 

संयोजक पौडेलका अनुसार, सो अधिवेशनले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष १ जनाको पद थप गरी ३ जना उपाध्यक्षबाट ४ जना रहने ब्यवस्था गरेको छ भने सदस्य ३ जनाको चयन भने कार्यसमितिले पछि गर्ने छ । निर्वाचन समितिमा पौडेलसंगै सदस्यमा लोकनाथ वस्ती र बाबुराम भण्डारी रहेका थिए ।

सो अधिवेशनको समापन समारोहमा कानागावा नेपाली कम्यूनिटीका संरक्षक जिज्ञानकुमार थापा,गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक सह-संयोजक ददीवल खड्का, नेपाली व्यापार संघ-जापानका अध्यक्ष विजय थकाली,चितवन समाज-जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ,दोलखा समाजोजापान का अध्यक्ष महेश खड्का, संचारकर्मी दिनेशकुमार थपलिया, निर्वाचन समितिका संयोजक र सदस्यहरूले नवगठित कार्यसमितिलाई बधाईसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

सो अवसरमा नि-वर्तमान हुँदै गरेका कानागावा नेपाली कम्यूनिटीका अध्यक्ष डोलराज सापकोटा ‘हरि’ ले जापानमा रहेका नेपालीहरूको एउटा अलग्गै के पहिचानसहितको क्रियाशील नेपाली समुदायिक संगठन बनाउन विभिन्न कठिनाईका बावजुदपनि सबैको सर-सहयोगबाट सफलता हासिल गर्न सकिएकोमा खुशी ब्यक्त गरे । नव-निर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठले संस्थाको साखलाई कायम राख्दै अझै ऊर्जाशील बनाई राख्नका लागि आफू क्रियाशील भई रहने प्रतिवद्धता ब्यक्त गरे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago