कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सम्पन्न

जापान, योकोहामा । कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सर्वसम्मतिबाट राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै सोमवार सम्पन्न भएको छ ।

१८ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमकान्त कँडेल,  उपाध्यक्षहरूमा गणेशजंग राणा, भीष्मविक्रम थापा, टिकाराम कँडेल र राजेन्द्र अर्याल, महासचिवमा सुशील तिवारी, कोषाध्यक्षमा सुरेश के.सी. र सह-सचिवमा रूद्रलाल कँडेल ‘रामु’ चयन हुनु भएको छ भने सदस्यहरूमा सुदीप लम्साल,

राजकुमार श्रेष्ठ, सचिन के.सी.,भरत देवकोटा, विष्णु थापा क्षेत्री र नारायणप्रसाद कँडेललाई छनौट गरेको निर्वाचन समितिका संयोजक प्रकाश पौडेल ‘माइला’ ले जानकारी दिए । 

संयोजक पौडेलका अनुसार, सो अधिवेशनले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष १ जनाको पद थप गरी ३ जना उपाध्यक्षबाट ४ जना रहने ब्यवस्था गरेको छ भने सदस्य ३ जनाको चयन भने कार्यसमितिले पछि गर्ने छ । निर्वाचन समितिमा पौडेलसंगै सदस्यमा लोकनाथ वस्ती र बाबुराम भण्डारी रहेका थिए ।

सो अधिवेशनको समापन समारोहमा कानागावा नेपाली कम्यूनिटीका संरक्षक जिज्ञानकुमार थापा,गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक सह-संयोजक ददीवल खड्का, नेपाली व्यापार संघ-जापानका अध्यक्ष विजय थकाली,चितवन समाज-जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ,दोलखा समाजोजापान का अध्यक्ष महेश खड्का, संचारकर्मी दिनेशकुमार थपलिया, निर्वाचन समितिका संयोजक र सदस्यहरूले नवगठित कार्यसमितिलाई बधाईसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

सो अवसरमा नि-वर्तमान हुँदै गरेका कानागावा नेपाली कम्यूनिटीका अध्यक्ष डोलराज सापकोटा ‘हरि’ ले जापानमा रहेका नेपालीहरूको एउटा अलग्गै के पहिचानसहितको क्रियाशील नेपाली समुदायिक संगठन बनाउन विभिन्न कठिनाईका बावजुदपनि सबैको सर-सहयोगबाट सफलता हासिल गर्न सकिएकोमा खुशी ब्यक्त गरे । नव-निर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठले संस्थाको साखलाई कायम राख्दै अझै ऊर्जाशील बनाई राख्नका लागि आफू क्रियाशील भई रहने प्रतिवद्धता ब्यक्त गरे ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago