रासस‚ ७ भदाै । कैलालीमा गाईसँग ठोक्किएर सोमबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका – १३ हिमाली टोलका ३० वर्षीय गंगा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार धनगढी-१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुप-प्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ।