पाल्पा । विप्लव नेतृत्वको नेकपा सहित ४ दलले गरेकाे नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेकाे छ । सदरमुकाम तानसेन वाट लामो तथा छोटो दूरीका गाडीहरू बिहानैदेखि चलेका छैनन् । सडकमा वालवालिका बल खेलेका छन् । विधालय, पसल, सार्वजनिक यातायात सञ्चालन भएका छैनन् । भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर चोकचोकमा बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन् ।
सडकमा अत्यावस्यक सवारीसाधन‚ फाट्टफुट्ट रुपमा माेटरसाइकलहरु गुडेका छन् । नेपाल कम्युनिस्ट पार्टीका (विप्लव समूह), वैज्ञानिक समाजवादी कम्युनिस्ट, नेकपा माओवादी समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले ३ बुँदे सम्झौताको पालना, एमसीसी सम्झौताको विरोध, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा आफुहरूले संघर्ष गरिरहेको विरूद्ध नेपाल बन्द आह्वान गरेकाे ४ दलले जनाएका छन् । यस्तै नेपाल बन्द साझ ५ बजेसम्म हुनेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…