साना कम्युनिष्ट पार्टीहरु एकिकरण हुन आवस्यक छ − पूर्बप्रधानमन्त्री खनाल

पाल्पा, ७ भदौ । पूर्बप्रधानमन्त्री  झलनाथ खनालले साना कम्युनिष्ट पार्टीहरु एकिकरण हुन आवस्यक भएकाे वताउनुभयाे । सोमबार पाल्पाको सदरमुकाम तानसेनमा आयोजित पार्टी प्रबेश तथा स्वागत कार्यक्रममा बोल्दै नेकपा एकिकृत सामाजबादीका सम्मानित नेता समेत रहनुभएका खनालले बैचारीक रुपमा नजिक रहेको नेकपा माओबादी केन्द्रसंग छिट्टै पार्टी एकता हुने समेत बताउनुभएको छ ।

तानसेन नगरपालिकाका निबर्तमान नगरप्रमुख अशाेक कुमार शाही तथा उपप्रमुख सहित ८ जना नेता कार्यकर्ताहरुलाई पूर्बप्रधानमन्त्री खनालले खादा लगाई नेकपा एकिकृत सामाजबादी पार्टीमा स्वागत गर्नुभएको थियो ।

तानसेन नगरपालिकाका निबर्तमान नगरप्रमुख अशोक कुमार शाहीले एमाले भित्रको ज्याजती,बिकृती तथा निरङ्गकुसताका बिरुद्ध आवाज उठाउन आफु सहित २० जना नेकपा एसमा प्रबेश गरेको बताउनुभयो । उहाँले एमालेमा फरक मत राख्दा निषेधको राजनीति भएकाले एमालेमा बस्न नसकेको बताउनुभयो ।
तानसेन नगरपालिकाका निबर्तमान नगर उपप्रमुख लक्ष्मी पाठकले आफुहरु माथि लगाईएको आरोप सहन नसकिने खालको भएको बताउनुभयो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago