अन्नको मूल्यमा गिरावट आउन सक्‍ने, युक्रेन र रसियाबीच खाद्य सम्झौता

टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् ।

सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन् । युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । यसको सट्टा दुबै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन । युक्रेनी जहाजहरूले मालवाहक जहाजहरूलाई मार्गनिर्देशन गर्नेछन् । संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरूको निरीक्षण गर्नेछ । त्यस्तै,,ब्ल्याक सीमार्फत अन्न र मलको रूसी निर्यातको सुविधा गरिनेछ । जहाजमा हतियार तस्करी हुने रुसी त्रासबीच टर्कीले निरीक्षण गर्ने सहमति भएको हो ।

सम्झौताको खबरसँगै विश्व बजारमा गहुँको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । युक्रेन विश्वको सबैभन्दा ठूलो अन्न उत्पादकमध्ये एक हो र रसियाले यसको प्रमुख ब्ल्याक सी बन्दरगाहहरू अवरुद्ध गरेको छ ।

युक्रेनी अन्नको विश्वव्यापी अभावले खाद्यान्नको मूल्य बढेको छ र लाखौंलाई भोकमरीको जोखिममा पारेको छ । एजेन्सी

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago