अन्नको मूल्यमा गिरावट आउन सक्‍ने, युक्रेन र रसियाबीच खाद्य सम्झौता

टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ । उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दैछन् ।

सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन् । युक्रेनले रूससँग प्रत्यक्ष ढंगले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । यसको सट्टा दुबै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन । युक्रेनी जहाजहरूले मालवाहक जहाजहरूलाई मार्गनिर्देशन गर्नेछन् । संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरूको निरीक्षण गर्नेछ । त्यस्तै,,ब्ल्याक सीमार्फत अन्न र मलको रूसी निर्यातको सुविधा गरिनेछ । जहाजमा हतियार तस्करी हुने रुसी त्रासबीच टर्कीले निरीक्षण गर्ने सहमति भएको हो ।

सम्झौताको खबरसँगै विश्व बजारमा गहुँको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । युक्रेन विश्वको सबैभन्दा ठूलो अन्न उत्पादकमध्ये एक हो र रसियाले यसको प्रमुख ब्ल्याक सी बन्दरगाहहरू अवरुद्ध गरेको छ ।

युक्रेनी अन्नको विश्वव्यापी अभावले खाद्यान्नको मूल्य बढेको छ र लाखौंलाई भोकमरीको जोखिममा पारेको छ । एजेन्सी

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago