“भ्वाइस अफ स्याट” अडिसन राउण्डको दोस्रो दिन २४७ प्रत्योगिको सहभागिता

काठमाडौं: असार८ गते देखि सुरुभएको “भ्वाइस अफ स्याट” को दोस्रो अडिसन राउण्डको कार्यक्रम आज उत्साहजनक विद्यार्थिको सहभागितामा ४० जना प्रत्योगी हरु छानि उत्पत्यका निजी विद्यालयहरुको छाता सङ्गठन स्कुलस अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट) को ५ सदस्य विद्यालय भित्र विशेष कार्यक्रमका साथ सु-सम्पन्न गरिएको छ। भोलि पनि बाँकीरहेका सदस्य बिद्यालयको हलहरुमा विशेष अडिसन राउण्ड गरिने भएको छ।

स्याटको सदस्य विद्यालयहरुमा अडिसन राउण्ड भोलिसम्म चल्ने छ। पहिलो दिन असार ८गते चार विद्यालयमा १८२ जना प्रत्योगीहरु अडिसन राउण्डमा सहभागि क्रमश पिक पोइन्ट ऐकेडेमी , पिक पोइन्ट पब्लिक स्कुल, सेट जोन स्कुल र सामतेन मेमोरियल एजुकेशन ऐकेडेमि का बिद्यार्थिहरु समाबेश भएका थिए।

आजको दोस्रो अडिसनमा ५ विद्यालयका २४७ विद्यार्थिहरु बिच प्रतिस्पर्धा भएको र जसमा ब्रेन्ड ल्याण्ड ऐकेडेमि, विद्या सदन स्कुल, गोल्डेन ग्राडेन स्कुल र विनायक इङ्लिस स्कुल का बिद्यार्थीहरु समाबेस भएका थिए ।


स्याटले विद्याथीहरुको क्षमताको पहिचान गर्दै विभिन्न विधामा अभिमुखीकरण कार्यक्रमदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । विशेष गरी फुटसल, डान्स, बास्केटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी करिअर काउन्सिल लगायतको विधामा कार्यक्रमको आयोजना गर्दै आएको छ । काठमाडौँको उत्तरी पूर्वी भेगमा रहेका विद्यालयहरू बिच मिलेर बनेको छाता सङ्गठन अन्य छाता सङ्गठनभन्दा सानो भएता पनि विद्यार्थीहरूको प्रतिभा उजागर गर्नेमा भने पहिलो नै छ ।

अडिसन राउण्डपछि टप २० राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् । श्रावण १४ मा हुने टप २० को छनोट प्रतियोगिता ब्रेनल्याण्ड एकेडेमीको हलमा हुनेछ । सो बाट छनोट भए पछि प्रतिस्पर्धिहरुले उपाधिका लागि भिड्नेछन् ।

श्रावण २८ भ्वाइस अफ स्याटको फाइनल हुनेछ । चुनिखेल स्थित पिक प्वाइन्टको हलमा गरिने ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका गायक, सङ्गीतकारले निर्णायकको भूमिका निर्वाह गर्नेछ । पाँचौँ स्थानसम्म हासिल गर्ने प्रतिस्पर्धीहरूलाई पुरस्कृत गरिनेछ । ट्रफी, मेडल र प्रमाण–पत्र द्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको गुणस्तर, सहभागी हुने विद्यालय तथा प्रतियोगिहरुको चासोलाई मध्यनजर गर्ने हो भने ‘भ्वाइस अफ स्याट’को पहिलो संस्करण विद्यालय स्तरमा खोजिने र यो कार्यक्रमको प्रमुख प्रायोजन भने मनास्लु वल्ड कलेज (Manaslu world College) ले गर्नेकुरा स्याटले जनाएको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago