काठमाडौं: नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहको गृहपालिका दैलेखको ठाँटीकाँध गाउँपालिकामा एमाले पराजित हुनुप¥यो । कार्यकर्ताको चरम असन्तुष्टिका बीच अध्यक्ष शाहले आफनी श्रीमती लक्ष्मीदेवीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिलाएका थिए ।

पार्टीका सिनियर नेताहरु आंकाक्षी भएपनि उनले आफ्नो श्रीमतीलाई टिकट दिलाउन सफल भए तर, चुनावमा भने पराजित हुनुपर्‍यो । अन्ततः ठाँटीकाँधको अध्यक्षमा कांग्रेसका रक्षबहादुर शाही विजय भएका छन् । उनले दुई हजार पाँच सय ७१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मीदेवीले दुई हजार दुई सय ७९ मत पाइन् । ठाँटीकाँधमा २०५४ पछिका अधिकांश निर्वाचनमा एकलौटी जित हात पार्दै आइरहेको एमालेले यसपालिको निर्वाचनमा हार व्यहोरेको छ ।

नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृह वडामा माओवादीले जित हात पारेको छ । कांग्रेस प्रदेश सभापति एवम् पूर्व मन्त्री दिनबन्धु श्रेष्ठको गृह वडामा माओवादीले जित हात पारेको हो । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्र विजय भएको हो । जुम्ला सदरमुकाम खलंगाको मुटुमा रहेको वडा नम्बर ५ मा यसअिघ कांग्रेसले जित्दै आएको थियो । कांग्रेसको पकड क्षेत्र रहेको वडा नम्बर ५, मा कांग्रेसले यसपालि आफनो वर्चश्व कायम राख्न सकेन् । पार्टी भित्रको आन्तरिक कलह र टिकट वितरणमा असन्तुष्टिकै कारण माओवादीले जितेको नेताहरु बताउँछन् । उक्त वडामा नेकपा माओवादीका बिर्ख कार्की वडाध्यक्षमा विजयी भएका छन् ।

स्थानीय तहको निर्वाचनमा प्रदेशमा टिकट पाउने अधिकांश उम्मेदवारहरु मन्त्री तथा नेताका आफन्तहरु थिए । जसले सहज टिकट त पाए तर, जनताको मत पाउन सकेनन् । पार्टीभित्र बढ्दो असन्तुष्टिका कारण आफ्ना विरासत बोकेका पालिकाहरु पनि गुमाउनुपरेको अवस्था छ । यस्तै अवस्था देखियो मन्त्रीका आफन्तहरुको पनि।

प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका श्रीमान वसन्त शर्मा मुसीकोट नगरपालिका (रुकुम पश्चिम) को मेयर पदमा कांग्रेस उम्मेदवारसँग पराजित भए । उनी कांग्रेसका महेन्द्र केसीसँग १३ मतान्तरले पराजित भएका हुन् । माओवादीको वर्चश्व रहेको मुसिकोटमा कांग्रेस–एमालेको गठबन्धन थियो भने एकीकृत समाजवादी र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

त्यस्तै प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीका श्रीमान् रामबहादुर चपाईं सुर्खेतको लेकबेशी नगरपालिकामा मेयरमा पराजित भएका छन् । लेकबेशीमा नेपाली कांग्रेसका उमेशकुमार पौडेल विजयी भएका छन् भने दोस्रोमा एमालेका देवबहादुर राना र माओवादीका रामबहादुर चपाइले तेस्रो स्थान ओगटेका छन् ।

प्रदेशका नेतृत्व मात्र होइन केन्द्रीय नेतृत्वहरु आफ्नो गृह पालिका तथा वडामा पराजित हुनुपरेको छ । जनार्दशन शर्माको घर भएको वडा मुसिकोट नगरपालिका ५, मा माओवादीका सुशिल गौतमलाई पराजित गर्दै कांग्रेसका समीरजंग मल्ल निर्वाचित भएका छन् । त्यस्तै पुर्व राज्यमन्त्री समेत रहेका गोपालजंग शाहको वडा मुसिकोट–१३, मा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै माओवादीका खलबहादुर खड्का निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय नेता प्रकाश ज्वालाले सल्यानमा आफ्नै वडामा पनि पार्टीलाई जिताउन सकेनन् । एमालेका पोलिटब्युरो सदस्य गुलावजंग शाह र एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव समेत रहेका ज्वालाले आफ्नै वडामा पार्टीको जित निकाल्न सकेनन् ।

ज्वालाको वडा बनगाड कुपिण्डे नगरपालिका–१ मा एकीकृत समाजवादीले हार व्यहोरेको छ । यो वडामा नेपाली कांग्रेसले जितेको छ । एमालेका पोलिटब्युरो सदस्य शाहले पनि वडामा पराजित बेहोर्नुपर्‍यो । बनगाड कुपिण्डे नगरपालिका–७ मा एमालेले हार व्योहोरेको छ । यो वडामा माओवादी केन्द्रका जीवनसिंह ठकुरीको प्यानलै विजयी भएको छ ।

यसअघि तेस्रो बनेको कांग्रेस भने यो पटक पहिलो राजनीतिक शक्तिको रूपमा उदाएको छ । प्रदेशमा ७९ वटा पालिका छन् जसमा कांग्रेसले ३२ पालिकाको नेतृत्व पाएको छ भने माओवादी केन्द्रले २३ पालिकाको नेतृत्व पाएको छ । एमालेले भने जम्मा १५ पालिकामा उपस्थिति जनाएको छ । यो पटक माओवादीले दुई वटा पालिका गुमाउनुपर्‍यो भने एमालेले १२ वटा पालिका गुमाउनुपरेको छ । यस्तै एकीकृत समाजवादीले चार वटा पालिकामा विजयी प्राप्त गरेको छ भने पाँच वटामा स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।

गुर्भाकोट नगरपालिकाकी शिक्षक चन्द्रकला खत्रीले टिकट वितरणमा राम्रा भन्दा पनि हाम्रा नेतालाई पर्नु नै पराजयको मुख्य कारण रहेको बताउँछिन् । ‘जनप्रतिनिधिको उम्मेदवारी दिँदा राम्रो सबैको मन जित्न सक्ने हुनुपर्छ’ उनी भन्छिन्, ‘आफ्नालाई हेरेर टिक दिएका कारण चुनाव जित्न सकेनन् ।’

राजनीतिक विश्लेषक पिताम्बर ढकालका अनुसार शीर्ष नेताहरुलाई पन्छाएर आफन्तहरुलाई टिकट वितरण हुँदा पार्टीमा भएको कलहको कारण पार्टीका शीर्ष नेताहरुले चुनाव हार्नुपरेको बताउँछन् ।

‘शीर्ष नेताहरुले राम्रा नेताहरुलाई पन्छाएर आफन्तलाई उम्मेदवार बनाए, पार्टीको आन्तरिक कलह मिलाउन सकेनन्’ विश्लेषक ढकाल भन्छन्, ‘जितेका ठाउँमा पनि सेवा प्रवाह पनि राम्रो भएन, त्यसकारण नराम्रोसंग पराजय बेहोर्नु पर्‍यो ।’ पहुँचको आधारमा टिकट पाउने र जनताको मनबाट टाढा रहने उम्मेदवारको कारण पनि पार्टीले हार बेहोर्नुपरेको नेपाली काँग्रेस गुर्भाकोट नगरका सह—सचिव रुपक पौडेल बताउँछन् । ‘चुनावमा राम्राे प्रतिफल पाउन त पहिला टिकट वितरणमा नै विचार पुर्‍याउनुपर्छ’ उनी भन्छन्, ‘नेताका नजिक होइन जनताका नजिककाले टिकट पाउनुपर्छ अनि मात्र चुनाव जितिन्छ ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago