झापा। स्थानीय तह निर्वाचनमा झापा जिल्लाका पालिकाहरूमा निर्वाचित मेयर तथा अध्यक्षहरूले सपथ ग्रहण गरेका छन् ।

जिल्लाका १५ वटा पालिकामध्ये पहिलो चरणमा ११ वटा पालिकाका मेयर तथा अध्यक्षहरूलाई सोमबार बिहान झापा जिल्ला अदालत भद्रपुरमा एक संक्षिप्त कार्यक्रमका बीच सपथ ग्रहण गराइएको हो ।

निर्वाचित मेयर तथा अध्यक्षहरूलाई मुख्य निर्वाचित अधिकृत झापा जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमले सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण गर्ने मेयरहरूमा भद्रपुर नगरपालिकाका गणेश पोखरेल, बिर्तामोड नगरपालिकाकी पवित्रा महतारा प्रसाई, कनकाई नगरपालिकाका राजेन्द्रकुमार पोखरेल, दमक नगरपालिकाका राम थापा, अर्जुनधारा नगरपालिकाका बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षी नगरपालिकाका मेघाहाङ थोप्रा रहेका छन् ।

त्यस्तै सपथ ग्रहण गर्ने अध्यक्षहरूमा बुद्धशान्ति गाउँपालिकाका मनोज प्रसाईँ, हल्दिबारी गाउँपालिकाका रवीन्द्रप्रसाद लिङ्देन, बाह्रदशी गाउँपालिकाका देविन्द्रप्रसाद चौलागाई, कचनकवल गाउँपालिकाका कालेन्द्रप्रसाद सिंह राजवंशी, झापा गाउँपालिकाका जयनारायण साह रहेका छन् ।

सपथ लिएका पालिकाका मेयर तथा अध्यक्षहरूले आ–आफ्नो पालिकामा निर्वाचित उपमेयर÷ उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरूलाई सपथ खुवाउँदै सोमबार नै कतिपय पालिकाहरूमा पदभार ग्रहण गराएका छन् ।

यता आइतबार राति मात्रै गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको परिणाम सार्वजनिक भएको र मेचीनगर नगरपालिकाको मतगणना अझै जारी रहेकोले चार पालिकाका मेयर तथा अध्यक्षहरूलाई दोस्रो चरणमा सपथ ग्रहण गराइने मुख्य निर्वाचित अधिकृत गौतमले जानकारी दिए ।

मुख्य निर्वाचित अधिकृत गौतमको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । स्वागत मन्तव्य जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले राखेको कार्यक्रमको सञ्चालन गणेश पाण्डेले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago