झापा। स्थानीय तह निर्वाचनमा झापा जिल्लाका पालिकाहरूमा निर्वाचित मेयर तथा अध्यक्षहरूले सपथ ग्रहण गरेका छन् ।

जिल्लाका १५ वटा पालिकामध्ये पहिलो चरणमा ११ वटा पालिकाका मेयर तथा अध्यक्षहरूलाई सोमबार बिहान झापा जिल्ला अदालत भद्रपुरमा एक संक्षिप्त कार्यक्रमका बीच सपथ ग्रहण गराइएको हो ।

निर्वाचित मेयर तथा अध्यक्षहरूलाई मुख्य निर्वाचित अधिकृत झापा जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमले सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण गर्ने मेयरहरूमा भद्रपुर नगरपालिकाका गणेश पोखरेल, बिर्तामोड नगरपालिकाकी पवित्रा महतारा प्रसाई, कनकाई नगरपालिकाका राजेन्द्रकुमार पोखरेल, दमक नगरपालिकाका राम थापा, अर्जुनधारा नगरपालिकाका बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षी नगरपालिकाका मेघाहाङ थोप्रा रहेका छन् ।

त्यस्तै सपथ ग्रहण गर्ने अध्यक्षहरूमा बुद्धशान्ति गाउँपालिकाका मनोज प्रसाईँ, हल्दिबारी गाउँपालिकाका रवीन्द्रप्रसाद लिङ्देन, बाह्रदशी गाउँपालिकाका देविन्द्रप्रसाद चौलागाई, कचनकवल गाउँपालिकाका कालेन्द्रप्रसाद सिंह राजवंशी, झापा गाउँपालिकाका जयनारायण साह रहेका छन् ।

सपथ लिएका पालिकाका मेयर तथा अध्यक्षहरूले आ–आफ्नो पालिकामा निर्वाचित उपमेयर÷ उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरूलाई सपथ खुवाउँदै सोमबार नै कतिपय पालिकाहरूमा पदभार ग्रहण गराएका छन् ।

यता आइतबार राति मात्रै गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको परिणाम सार्वजनिक भएको र मेचीनगर नगरपालिकाको मतगणना अझै जारी रहेकोले चार पालिकाका मेयर तथा अध्यक्षहरूलाई दोस्रो चरणमा सपथ ग्रहण गराइने मुख्य निर्वाचित अधिकृत गौतमले जानकारी दिए ।

मुख्य निर्वाचित अधिकृत गौतमको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । स्वागत मन्तव्य जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले राखेको कार्यक्रमको सञ्चालन गणेश पाण्डेले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago